आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इन्डोनेसियामा भूकम्प–सुनामीमा मर्नेको संख्या १५७१ पुग्यो

  • प्रकाशित मिति : शनिबार, अशोज २०, २०७५



  • news

    पालु (इन्डोनेसिया), असोज २० । इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको संख्या एक हजार ५७१ पुगेको छ ।

    इन्डोनेसियाको सुलावेसी द्वीपको पालु सहरका एक हजारभन्दा बढी घर सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिए ।

    भूकम्पमा फसेका व्यक्तिको जीवितै उद्धार गर्ने सम्भावना अब कम हुँदै गएको मानवीय सहायतामा जुटेको संयुक्त राष्ट्रसंघको भनाइ छ ।

    इन्डोनेसियाको तटीय सहर पालुमा गत शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो ।

    भूकम्पलगत्तै आएको सुनामीमा परी ज्यान गुमाउनेको संख्या एक हजार ५७१ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले शनिबार बताएका छन् ।

    भूकम्पबाट तटीय सहर पालु सबैभन्दा बढी प्रभावित भएको छ । यस भूकम्पका कारण करिब दुई लाख व्यक्तिलाई मानवीय सहयोग आवश्य परेको र त्यसमा हजारौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

    यसै वर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

    इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्निच्यूडको भूकम्प र सुनामीका कारण इन्डोनेसियामामात्र एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो । रासस/एएफपी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij