आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टाउको काटिए पनि डेढ वर्षसम्म जिउदो रहयो यो कुखुरा, यस्तो छ जीवन कथा!

  • प्रकाशित मिति : आइतवार, अशोज २१, २०७५



  • एजेन्सी, इतिहासको पानामा कैयौ अनौठो र अद्भुतको घटनाहरु दर्ता भएका छन् । अब यस घटनाले पनि इतिहासमा दर्ता पाएको छ । सामान्यतया कुखुराको मासुको लागी सबैभन्दा पहिला टाउको काट्ने गरिन्छ । तर यो घटना भने निकै नै चकित खालको रहेको छ ।  एक चमत्कार जस्तो नै भएको छ कि यो कुखुरा  टाउको बिना डेढ वर्षसम्म जिउदो रहेको छ । तपाइलाई विश्वास नलाग्न सक्छ । इन्टरनेटको माध्यमबाट तपाई सत्यता जान्न सक्नु हुन्छ ।

    बीबीसीको रिपोर्ट अनुसार  इतिहासमा दर्ता भएको यो घटना अमेरिकाको कोलोराडोको हो । यहाँ ल्योय्ड ओस्लेन नामक एक व्यक्तिले  पोल्ट्री फर्म चलाउने गर्थे । १० सेप्टेम्बर १९४५ मा ल्योय्ड र उनकी पत्नी कालरा कुखुरा  काटीरहेका थिए । उनीहरुले कुखुराको  टाउको काट्दै साइडमा राखिरहेका थिए । ती मध्ये एक कुखुरा टाउको काटिए पछि पनि जीवित फार्ममा घुमिरहेको थियो । तर यो कुरा न ल्योय्डलाई थाहा थियो न उनको पत्नी कालरालाई । जब उनीहरुलाई यो कुरा उनको नातीले आएर भन्यो तब उनीहरु चकित भए । उनीहरुले त्यसलाई समात्न कोशिश गरे तर सफल भएनन् । शायद तातो रगतको कारणले गर्दा त्यसमा अझै सास बाँकी रहेको थियो । भोलिसम्ममा मर्छ होला भनेर छोडिदिए तर भोलिपल्ट पनि जिउदो देखेपछि उनीहरु आश्चर्यमा परे ।

    वास्तवमा माइक नामक यस कुखुरालाई काट्ने समयमा ल्योय्डले गल्ती गरेका थिए । जसबाट कुखुराको सिरको अगिल्लो भाग काटिएको थियो तर नसा र एक कान भने रहेको थियो । यसैको मद्दतले त्यसले सास लिने गर्थ्यो । ल्योय्डलाई कुखुरा माथी दया आयो र कुखुरालाई ड्रप मार्फत दूध र दाना खुवाउन थाले । त्यस पछि एका-एक चर्चामा आएपछि कुखुरालाई हेर्न मान्छेहरुको भिड लाग्न थाल्यो । यस समयमा  उनीहरुले कमाई पने गरे । त्यस पछि एक फेमस म्यागजिनले  उनको र उनको कुखुराको तस्वीर शेयर गरेपछि त्यस कुखुराको मूल्य १० हजार डलर पनि लगाईएको थियो । एक शोको समयमा कुखुरालाई खाना खुवाउने सिरिन्ज छुट्यो र कुखराको करिब डेढ वर्ष पछि मृत्यु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij