आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अफगानिस्तानमा भइरहेको मतदानका क्रमका विष्फोट हुँदा २१ जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, कार्तिक ४, २०७५



  • news

    काठमाडौं । अफगानिस्तानमा संसदीय चुनावका बीच श्रृंखलाबद्ध विष्फोट हुँदा २१ जना मारिएका छन् ।

    अफगानिस्तानको काबुलमा रहेको दुईवटा मतदान केन्द्रमा भएको आत्मघाती विष्फोटमा १८ जना मारिएका छन् ।

    त्यसैगरी कुन्दुज शहरको मतदान केन्द्रमा भीडभाड माझ भएको विष्फोटमा ३ जना मारिनुका साथै ५० जना घाइते भएका छन् ।

    विद्रोही समुहले थापेको धरापमा परी घोर प्रान्तको मतदान केन्द्रको सुरक्षार्थ खटिएका ३ जना सुरक्षकर्मी सख्त घाइते भएका छन् ।

    यसैबीच अफगानिस्तानको विभिन्न क्षेत्रमा मतदान स्थगित गरिएको छ ।

    यता,कान्दाहारका प्रहरी प्रमुखको हत्यापछि त्यस क्षेत्रको मतदान एक हप्ता पर धकेलिएको छ ।

    २ सय ५० संसदीय सीटका लागि भएको मतदानमा महिलासहित २५ सयभन्दा बढी उम्मेदवार छन् । करिब ९० लाख मतदाता मतदानका लागि योग्य छन् ।

    मतदान अघि १० जना उम्मेदवारको हत्या भैसकेको छ ।

    चुनावको प्रारम्भिक नतिजा भने २० दिन पछिबाट मात्र आउन शुरु हुने अनुमान गरिएको छ ।(एजेन्सी)

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij