आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पत्रकार खसोग्जी हत्याबारे सबै सत्य सार्वजनिक टर्कीको प्रतिबद्धता

  • प्रकाशित मिति : आइतवार, कार्तिक ४, २०७५



  • news

    काठमाडौं । साउदी पत्रकार जमाल खसोज्जीको हत्याका सम्बन्धमा आफूहरुसँग भएका सबै जानकारी सार्वजनिक गर्ने टर्कीले बताएको छ ।

    गत अक्टोबर २ मा टर्कीको ईस्तानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा पसेपछि बेपत्ता भएका पत्रकार खाशोज्जीको मृत्यु भएको साउदी अरेबियाले स्वीकार गरेपछि टर्कीले सबै जानकारी सार्वजनिक गर्ने बताएको हो ।

    साउदी अरेबियाले पत्रकार खाशोज्जीको कन्सुलर कार्यालयमा भएको झडपमा मृत्यु भएको हिजो मात्रै स्विकारेको थियो ।

    यसअघि उसले पत्रकार खाशोज्जीको अवस्थाका बारेमा कुनै जानकारी नरहेको बताउँदै आएको थियो ।

    अमेरिकी पत्रिका द वासिंगटन पोस्टका लागि लेख्ने पत्रकार खाशोज्जी बेपत्ता भएसँगै दुई मित्र शक्ति अमेरिका तथा साउदी अरेबियाबिचको सम्बन्धमा पनि तनाव आएको छ ।

    यता टर्कीले भने लगातार पत्रकार खाशोज्जीको कन्सुलर कार्यालयमै हत्या भएको र त्यसको अडियो तथा भिडियो प्रमाण आफूहरुसँग रहेको बताउँदै आएको छ ।

    अब उसले आफुसँग रहेको भनिएको अडियो तथा भिडियो प्रमाण सार्वजनिक गर्ने  अपेक्षा गरिएको छ ।

    घटनालाई ढाकछोप हुन नदिने टर्कीको सत्तारुढ पार्टीका प्रवक्ताले बताएका छन् ।

    अमेरिका र साउदी अरेबिया मिलेर खाशोज्जी घटनामा मध्यमार्गी बाटो निकालेर घटनाको सत्यमा ढाकछोप गर्ने प्रयास गरेको आरोप छ ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij