मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

अलैंचीको मूल्यमा गिरावटः प्रतिमन १ लाख २० हजारबाट ३० हजार रुपैंयाँमा झर्‍यो

  • प्रकाशित मिति : आइतवार, कार्तिक ११, २०७५



  • धनकुटा । महंगो मूल्यमा बिक्री हुने भएकाले अलैँचीलाई ‘खोल्सीको कालो सुन’का रुपमा लिइन्छ ।

    तर पछिल्लो समयमा भने अलैंचीको मूल्यमा लगातार गिरावट आइरहेको छ । अलैचीको मूल्यमा गिरावट आएसँगै अलैँची कृषक भने निराश देखिएका छन् ।news

    विशेष गरी पूर्वी जिल्लाहरुमा व्यापक रुपमा उत्पादन गरिने अलैँची धनकुटामा पनि पाइन्छ ।

    बजारमा हरेक समानको मूल्य एकाएक उकालो लागिरहेको छ तर अलैँचीको मूल्य वर्षेनी घटिरहेको छ ।

    यस्तो असन्तुलनले अलैंची कृषकहरु बढी मर्कामा परेका छन् । कुनै बेला अलैंची खेतीमा राम्रो संभावना देखेर लागेका धेरैजसो कृषक अहिले विचलित हुन थालेका छन् ।

    २०३९ सालमा प्रतिमन २ हजार १ सय रुपैयाँ पर्ने अलैचीको मूल्य चार बर्ष अघिसम्म प्रतिमन १ लाख २० हजारसम्म पुगेको थियो ।

    तर त्यसपछि लगातार खस्किएको अलैचीको मुल्य अहिले प्रतिमन ३० हजार रुपैंयाँ झरेको छ ।

    अर्कोतिर यसको उत्पादन पनि विभिन्न रोगकिराको प्रकोपका कारण घट्दै गएको छ ।

    जसका कारण झनै समस्यामा परेको स्थानीय कृषक रत्न बहादुर थापा गुनासो गर्छन् ।

    मूल्य र उत्पादनमा आएको गिरावटले यस्ता अरु कृषक पनिे चिन्तित छन् ।

    मुल्यमा आएको गिरावटको कारण धनकुटाका धरै किसानले पुरानो अलेचिनै बिक्रि गर्न सकेका छैनन् ।

    अहिलेको मूल्यमा बिक्री गर्दा लगानी उठाउनै नसकिने अर्का महालक्ष्मी नगरपालिकाका  कृषक बिनोद थापा बताउँछन् ।

    कृषकको मात्र होइन मूल्यमा आएको गिरावटले व्यापारीलाई समेत विक्रीको लागि समस्या परिरहेको छ ।

    नेपालबाट भारत जाने अलैंचीमा नक्कली अलैची मिसावट हुनसक्ने भएकोले मूल्यमा गिरावट आएको कतिपयको बुझाइ छ ।

    उसो त नेपालमा अलैचीको गुणस्तर जाँच गर्ने क्वारेन्टईनको पनि समस्या छ ।

    लगातार आएको मूल्यको गिरावटले निराश बनेका कृषकलाई प्रोत्साहित गर्न नसके यसतर्फ विकर्षण बढ्ने संभावना पनि उत्तिकै छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij