आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेसले महासमिति बैठकमा भाग लिन आउनेलाई आवास सुविधा नदिने

  • प्रकाशित मिति : सोमवार, कार्तिक १२, २०७५



  • नेपाली कांग्रेसले आगामी मंसीर ५ गतेदेखि काठमाडौंमा सुरू हुने महासमिति बैठकमा भाग लिन आउने सदस्यलाई आवासको सुविधा नदिने भएको छ।

    चिया, नास्ता र लन्चको व्यवस्था गरे पनि कांग्रेसले महासमिति सदस्यलाई आवासको सुविधा नदिने भएको हो। यसअघिका महासमिति बैठक र महाधिवेशनमा कांग्रेसले आफ्ना सदस्यहरूलाई आवासको सुविधा प्रदान गर्दै आएको थियो।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आवासको सुविधा प्राप्त भए पनि अधिकांश सदस्यहरूले त्यसको प्रयोग नगर्ने भएकाले यसपाली हटाइएको बताए।

    ‘हामीले पहिले पहिले आवासको सुविधा दिने गर्थ्यौं, तर ७० प्रतिशत जति सदस्यहरूले त्यो तोकिएको ठाउँमा बस्न जाँदैन थिए। त्यसैले यसपालि कटौति गरिएको हो,’ उनले सेतोपाटीसँग भने।

    पौडेलका अनुसार, अधिकांश महासमिति सदस्यहरूको घर नै यहीँ छ। घर नभए पनि दाजुभाई नातागोता र साथिभाई छन्। त्यसैले पहिले पनि उनीहरू तोकिएको आवासमा जाँदैन थिए।

    कांग्रेस नेता विमलेन्द्र निधिले कान्तिपुरसँग कुरा गर्दै खर्च कम गर्न आवासको सुविधा काटिएको बताएका छन्।

    देशभर कांग्रेसका महासमिति सदस्य १२ सय जना छन्। उनीहरूको लागि आवासको व्यवस्था गर्नु नपरे बैठकको झण्डै आधा खर्च जोगिने उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij