प्रकाशित मिति : मङ्लबार, कार्तिक १३, २०७५
दिग्गज बलिउड अभिनेता नसुरूद्दिन शाह सिनेमालाई समयको दस्तावेज मान्छन जसले त्यो समयलाई प्रतिनिधित्व गर्छ। त्यसैले शाहले २०१८ लाई दुई सय वर्षपछि हेर्दा त्यसलाई ‘सलमान खानको फिल्म’का रूपमा मात्र रहेको पाइन नहुने बताएका छन्।
सिनेमा भविष्यका लागि भएकाले जतिसक्दो सामाजिकरूपमा प्रासंगिक फिल्म गर्ने आफ्नो दायित्व भएको भनाइ शाहले राखेका छन्।
‘म सिनेमाले समाजमा परिवर्तन ल्याउँछ वा क्रान्ति ल्याउँछ भन्ने मान्दिन। सिनेमा शिक्षाको माध्यम हो भन्ने बारेमा पनि म निश्चित छैन्। वृत्तचित्रहरूले देलान तर फिचर फिल्म दिदैनन्’, शाहले भारतीय समाचार संस्था ‘प्रेस ट्रष्ट अफ इण्डिया'(पिटिआई)सँग भने ‘मानिसहरू हेर्छन र बिर्सन्छन्। फिल्मले तात्कालिन समयलाई दस्तावेजिकरण गर्ने काममा भने गम्भिर सहयोगचाहिं गर्न सक्छ।’
शाहले यही कारणले गर्दा आफूले ‘अ वेन्सडे’ वा हालै गरेको छोटो फिल्म ‘रोगन जोश’ जस्ता फिल्म सक्दो छनौट गर्ने गरेको बताए।
‘त्यस्ता फिल्म गर्नु मेरो जिम्मेवारी हो। सबै गम्भिर कामहरू, ती काम गरिएका समयका प्रतिनिधि हुन्। सिनेमा बाँचिरहन्छ। यी सिनेमाहरूलाई २०० वर्षपछि पनि हेरिनेछ’, उनले भने, ‘मानिसहरूलाई सन २०१८ को भारत कस्तो थियो थाहा हुनुपर्छ। उनीहरूले २०० वर्षपछि ‘सलमान खानको फिल्म मात्र’ भनेर हेर्ने हुनुहुँदैन। इण्डिया त्यो होइन। सिनेमा सम्वृद्धिका लागि हो।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij