आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल, तेलको मूल्यवृद्धि हुने अनुमान

  • प्रकाशित मिति : आइतवार, कार्तिक १८, २०७५



  • लन्डन, कात्तिक १८ । संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन् । news

    विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व बजारलाई स्थिर राख्न पहल नगरे बजारमा तेलको मूल्यवृद्धि हुनेछ ।

    इनर्जी आस्पेक्टमा आबद्ध विज्ञ रिकार्डो फाबियानीले अर्को साता सबैका आँखा इरानी तेल निर्यातमा अडिएको बताए । उनले अमेरिकी नाकाबन्दीका बाबजूद इरानी तेल कालोबजारी हुने खतरा रहेको समेत बताए ।

    इरानको आयस्रोतको मुख्य हिस्सा खनिज तेलले ओगटेको छ । सोमबारदेखि इरानी तेल आयातकर्ता विरुद्ध अमेरिकाले कडा निगरानी राख्ने बताइसकेको छ ।

    इरानमाथि कच्चा तेल निकासीमा अमेरिकाले लगाएको प्रतिबन्धले इरानको आम्दानीमा ठूलो असर पर्नेछ भने विश्वमै तेलको आपूर्तिमा कठिनाइ आउने छ । ओपेकसँग आबद्ध राष्ट्रहरुमा अहिले इरान विश्वमै तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो ।

    संयुक्तराज्य अमेरिकाले इरान विरुद्ध नाकाबन्दी लगाउने घोषणा गर्नुअघि गत अप्रिलमा इरानले प्रतिदिन २५ लाख ब्यारेल तेल निकासी गरिरहेको थियो । ‘संयुक्तराज्य अमेरिकाले केही छुट दिए पनि इरानबाट आयात गरिने तेलमा निकै कमी आउने छ,’ युबिएस विश्लेषक जिओभानी स्टाउनोभोले बताए । उनले तेलको मूल्य बढ्ने चेतावनी समेत दिए ।

    तर, एक महिनाभित्रकै अवधिमा तेलको मूल्यमा झण्डै १५ अमेरिकी डलरले कमी आएको छ । गत अक्टोबरमा कच्चा तेलको मूल्यमा वृद्धि भएर दुई वर्ष यताकै उच्चविन्दु अर्थात् प्रति ब्यारेल ८५ डलरसम्म पुगेको थियो ।

    संयुक्तराज्य अमेरिकाले इरानी कच्चा तेल निकासी शून्य बनाउने यसअघि घोषणा गरेपनि पछिल्लो समयमा त्यसमा केही नरम नीति लिएको देखिएको छ ।

    अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शुक्रबार आठवटा मुलुकलाई इरानी तेल किन्न पाउने छुट रहेको घोषणा गरेका थिए । तर, उनले ती देशहरुको नाम सार्वजनिक गरेका छैनन् ।

    टर्कीले आफूले इरानी तेल खरिद गर्ने र त्यसमा अमेरिका सहमत रहेको सङ्केत दिइसकेको छ । विश्लेषकहरुले भारतले समेत त्यस्तो छुट पाएको बताएका छन् । विश्वमै भारत तेल आयात गर्ने ठूला देशमध्ये एक हो ।

    ‘हाल मुद्रा सङ्कट झेलिरहेको भारतले मार्च अघि इरानी तेल खरिद रोक्न नसक्ने अमेरिकालाई जानकारी दिइसकेको छ,’ नेटिक्सीसका विज्ञ जोल हान्ककले बताए ।

    तेल उत्पादक अरु कतिपय राष्ट्रले उत्पादन बढाउने र इरानी निकासी बन्द हुँदाको शोधभर्ना गर्ने अपेक्षा गरिएको छ । विश्वकै सबैभन्दा ठूलो तेल निकासीकर्ता साउदी अरेबियाले इरानले निकासी गरे बराबरको तेल आफूले उत्पादन गर्ने बताएको छ, तर विश्वका तेल व्यवस्थापकहरु साउदी अरेबियामाथि मात्र निर्भर हुन सकिरहेका छैनन् ।

    ‘साउदी अरेबियाले प्रति दिन एक करोड २० लाख ब्यारेल तेल उत्पादन गर्न सक्दछ, तर यसको लागि ठूलो लगानी गर्नु पर्नेछ,’ हान्ककले भने । अहिले प्रतिदिन साउदी अरेबियाले एक करोड १० लाख ब्यारेल तेल उत्पादन गर्दै आएको छ ।

    उनको विचारमा साउदी अरेबियासँग अहिले तीन लाख ब्यारेल मात्र अतिरिक्त उत्पादन गर्ने क्षमता छ । हान्ककले भने, ‘इराकी तेल उत्पादन बढाएर ४२ लाख ब्यारेल बनाउन सकिन्छ, तर विगतमा त्यति उत्पादन भएको कहिल्यै देखिएको छैन ।’

    विश्वमै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र हुन लागेको संयुक्तराज्य अमेरिकाले मागको केही हिस्सा पूरा गर्न सक्नेछ, तर निकासी गर्न अपुग हुने विज्ञहरुले बताएका छन् । (रासस/एएफपी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij