आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दीपिका रणबीर विवाहका कारण इटालीमा यसकारण निम्तियो विवाद

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ४, २०७५



  • रणबीर सिंह र दीपिका पादुकोणको नोभेम्बर १५ तारिखमा इटालीको लेक कोमोमा सिन्धी परम्परा अनुरुप भएको विवाहका कारण विवाद निम्तिएको छ । विवाहमा आनन्द कारज सेरेमोनीमाथि इटालीको सिख संगठनले आपत्ति जनाएको छ । संगठनले लेक कोमोबाट एक सय ५० किलोमिटर टाढा ब्रेसियाको एक गुरुद्वारबाट गुरु ग्रन्थ साहिब मागेकोमा आपत्ति व्यक्त गरेको छ ।

    इटालियन सिख अर्गनाइजेशनका प्रेसिडेन्ट सुखदेव सिंह कांगले अकाल तख्तको नियम अनुसार गुरुद्वारेबाहेक गुरु ग्रन्थ साहिबलाई अन्य कतै पनि लैजान नपाइने बताएका छन् । यसलाई होटल वा ब्याङ्क्वेट हलमा पनि लैजान प्रतिबन्ध भएको उनले बताए  । सुखदेवले अकाल तख्त जत्थेदारसँग पनि यसको लिखित ऊजुरी दिने जानकारी दिएका छन् । साथै उनले गुरुद्वारको व्यवस्थापनलाई यस्तो गल्तीका लागि जिम्मेवार मानेका छन् । रणवीर र दीपिकाको विवाह गराउनका लागि अमृतसरको स्वर्ण मन्दिरबाट नरिन्दर सिंह इटली गएका थिए ।

    रिपोर्टका अनुसार आनन्द कारजका बेला दीपिका भावुक भएकी थिइन् । त्यतिबेला हर्षदीप कौर गुरबाणी ‘एक ओंकार…’ को लाइभ परफर्मेन्स दिइरहेकी थिइन् । जब अन्तिम फेरा लिने क्रममा दीपिकाको नजर बुवा प्रकाश पादुकोणमाथि पर्यो तब उनले आफ्नो आँसु रोक्न सकिनन् । प्रकाशको आँखामा पनि आँसु थिए । यो देखेर दीपिका उनलाई अँगालो हालेर धेरै बेरसम्म रोइरहेको भारतीय संचार माध्यमले बताएको छ । रणबीर र दीपिका २१ नोभेम्बरमा बेंगलुरु र २८ नोभेम्बरमा मुम्बईमा रिसेप्सन दिनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij