आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कराँचीस्थित चिनियाँ महावाणिज्यदूतावासमा आतंकवादी हमलाको प्रयास

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ७, २०७५



  • इस्लामावाद, मंसिर ७ । पाकिस्तानको कराँची सहरस्थित चिनियाँ महावाणिज्य दूतावासमा आतंकवादी हमलाको प्रयासलाई सुरक्षाकर्मीको टोलीले विफल तुल्याएको छ ।news

    शुक्रबार महावाणिज्य दूतावास परिसरमा हतियारसहित प्रवेश गर्न खोजेका लडाकु र सुरक्षाकर्मीबीच केहीबेर भिडन्तसमेत भएको थियो । घटनामा दुई सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ ।

    सुरक्षा कारवाहीमा हमलाकारीसमेत मारिएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार एक प्रहरी घाइते भएका छन् ।

    घटनामा चिनियाँ महावाणिज्य दूतावासका कर्मचारी तथा कुटनीतिज्ञ सुरक्षित रहेको जनाइएको छ ।

    बिहानै महावाणिज्य दूतावास अगाडी विस्फोट भएको थियो । स्थानीय संचारमाध्यमका अनुसार विस्फोट लगत्तै हतियारधारीहरु महावाणिज्य दूतावासभित्र प्रवेश गर्न खोजेका थिए । महावाणिज्य दूतावास सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीको टोलीले उनीहरुमाथि जवाफी हमला गरेको थियो ।

    पृथकतावादी संगठन बलोच लिबरेशन आर्मीले सो हमलाको जिम्मेवारी लिएको स्थानीय संचारमाध्यमले जनाएका छन् । उक्त संगठनका प्रवक्ताले स्थानीय संचारमाध्यमलाई फोनबाट हमलाको जिम्मेवारीबारे जानकारी गराएको बताइएको छ । (एजेन्सी)

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij