शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दार्चुलाका विद्यार्थीले ड्रोन बनाएर उडाए

  • प्रकाशित मिति : शनिबार, मंसिर १५, २०७५



  • दार्चुला ।  महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिश जोशी महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् ।news

    सानैदेखि विज्ञान र अनुसन्धानमा सोखिन जोशीले विज्ञानमा नयाँ–नयाँ प्रयोग गर्दै आएकाले अहिले चर्चामा छन् ।

    विज्ञान विषयअन्तर्गत उनले बम डिस्पोजलको सफल परीक्षणपछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छन् ।

    आफ्नै विद्यालयमा भएको शैक्षिक सामग्री प्रदर्शनी एवं प्रतिभा पहिचान कार्यक्रममा ड्रोन क्यामरा बनाएर उडाएपछि उनले सबैको ध्यान खिचेका छन् ।

    रिमोट कन्ट्रोलको माध्यमबाट क्यामरालाई नियन्त्रण गरिने यस प्रविधिमा घरायसी वस्तुको प्रयोग गरिएको छ ।

    “गुगलमा ड्रोन क्यामरा बनाउने प्रविधि हेरेरै एक हप्तामा क्यामरा तयार गरेको हुँ’, जोशीले भने ।

    सानैदेखि विज्ञान विषयमा रुचि रहेको र नयाँ खोज अनुसन्धानमा उनको रुचि छ ।

    “विज्ञानमार्फत नयाँ प्रविधिमा रम्न रुचाउँछु”, उनले भने, “ड्रोन क्यामराको लागि चाहिने मोटर काठमाडौंबाट मगाएर बनाएको हँ।”

    गत वर्ष प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत उनले दार्चुलामा भएको कार्यक्रममा बम डिस्पोजल सामग्री बनाएका थिए । जसको कारण जिल्लामा मात्र नभएरै प्रदेशमै उत्कृष्ट भएका थिए ।

    जोशीले एकपछि अर्को विज्ञानमा देखाएको प्रदर्शनले विद्यालयको मात्र नभई समग्र जिल्लाको पहिचान गराएको विद्यालयका शिक्षक जयराज जोशीले बताए ।

    दुई चार वर्षयता विद्यालयमा प्रतिभावान विद्यार्थी देखिँदै आएका छन् ।

    शुरुमा विद्यार्थीलाई विज्ञानमा खोजी गर्न आफैंले सामग्री व्यवस्थापनदेखि सबै क्रियाकलाप सिकाउनुपर्ने अवस्था थियो, तर हाल आएर विद्यार्थीले प्रतिस्पर्धात्मक रुपमा विज्ञानमा नयाँ प्रतिभा देखाइरहेका छन् ।

    दुई वर्षअघि महेन्द्र नमूना मावि खलङ्गाका वीरेन्द्र बडाल र साहित्यमा गोविन्द डडालले राष्ट्रिय प्रतिभा पहिचानमा सहभागिता जनाएका थिए ।

    गत वर्ष विद्यालयको तर्फबाट सहभागी भएका गणितमा धिरज भट्ट र विज्ञानमा मनिष जोशीले राष्ट्रिय प्रतिभा पहिचान कार्यक्रममा तृतीय स्थान हासिल गरेका थिए ।

    भने साहित्यमा राजेन्द्रप्रसाद बडूले सान्तवना स्थान हासिल गरेका थिए ।

    विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले भन्नुभयो, “गत वर्षको भन्दा अझै परिस्कृत रूपमा विज्ञानमा नयाँ खोज भएको छ ।

    यसपटक राष्ट्रिय प्रतिभा पुरस्कारमा पहिलो स्थान हासिल गर्ने गरी विद्यार्थीले मेहनत गरेका छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij