आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रृंखला खतिवडालाई ‘ब्यूटी विथ पर्पज’ अवार्ड

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १८, २०७५



  • news

    काठमाडौं, मंसिर १८ । चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपालकी प्रतिश्पर्धी श्रृंखला खतिवडाले ‘ब्यूटी विथ पर्पज’ अवार्ड जितेकी छन् ।

    चीनको सान्यामा जारी प्रतियोगितामा शृङ्खलाले सहभागी ११७ देशका सुन्दरीलाई पछि पार्दै अवार्ड जितेकी हुन् । मिस वर्ल्डमा सहभागी हुने सुन्दरीले समाजमा सकारात्मक प्रभाव पर्ने एक परियोजनामा काम गर्नुपर्ने व्यवस्था अनुसार श्रृंखलाले आफ्नो गृहजिल्ला मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य चौैकी र अरु भौतिक संरचना बनाएकी थिइन् ।

    उनी आर्किटेक्चर हुन् र त्यही ज्ञानको प्रयोग गरेर स्वास्थ्य चौकी तथा अरु भौतिक संरचना बनाएकी हुन् ।

    यसअघि सन् २०१३ मा नेपालकी प्रतिश्पर्धी इशानी श्रेष्ठले प्रोजेक्ट स्माइल मार्फत ब्यूटी विथ पर्पज अवार्ड जितेकी थिइन् ।

    श्रृंखलाले भोटिङ मार्फत छानिने मल्टिमिडिया अवार्ड पनि जितेकी छन् । दुई अवार्ड जितेकी उनी प्रतिस्पर्धाको टप ३० मा पर्न सफल भएकी छन् । यसअघि हेड–टू–हेडको दोस्रो चरणमा भने उनी पराजित भएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij