आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“हुवावेका वरिष्ठ अधिकारी पक्राउबारे क्यानडा सरकारको संलग्नता छैन”- प्रधानमन्त्री

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५



  • news

    काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ मोबाइल कम्पनी हुवावेकी वरिष्ठ अधिकारी पक्राउमा आफ्नो सरकारको संलग्नता नरहेको बताएका छन् ।

    हुवावेकी वरिष्ठ अधिकारी मेङ वाङ्जुलाई अमेरिकी सुरक्षा निकायको आग्रहमा पक्राउ गरिएको र त्यसमा कुनै राजनीतिक पूर्वाग्रह नरहेको उनले बताएका हुन् ।

    उनलाई डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको भए पनि अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको छ । वाङजुलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन ।

    उनलाई सुपुर्दगी गर्नेबारे आज सुनुवाई हुने बताइएको छ । क्यानडाका अधिकारीहरुले उनलाई पक्राउ गरिएको बारे थप विवरण दिन अस्वीकार गरेका छन् ।

    यसैबीच चीनले मेङ्गको पक्राउ मानवअधिकारको गम्भीर उल्लंघन भएको जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विनाकुनै कारण पक्राउ गरिनु मानवअधिकारको गम्भीर उल्लंघन हुनु हो भनेका छन् ।

    चीनले क्यानडासमक्ष उनलाई पक्राउ गर्नुपर्ने कारण प्रष्ट पार्न चेतावनी दिएको छ ।

    चीनले पक्राउ परेकी मेङ्ले अमेरिका तथा क्यानडाको कुनै पनि कानुन उल्लंघन नगरेको दाबी गरेको छ ।

    तर अमेरिकी सञ्चारमाध्यमहरुले भने हुवावेले इरानमाथि लगाइएको अमेरिकी प्रतिबन्धको उल्लंघन गरेको आरोपमा छानबिन चलिरहेको जनाएका छन् ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij