आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘फेसबुकबाट प्रेम नगर्नोस्’

  • प्रकाशित मिति : शुक्रबार, पुस ६, २०७५



  • मुम्बई, पुस ६ । ‘फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नोस् । अन्यथा मैलेजस्तो दुःख पाउनुहोला’ पाकिस्तानी जेलमा ६ वर्ष जीवन बिताइ यसै हप्ता स्वदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सन्चारमाध्यमसँगको कुराकानीमा बताए ।

    सामाजिक सन्जाल फेसबुक चलाउनेक्रममा एकजना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेको भारतीय इन्जिनियर हमिद नेहाल अन्सारीले बताए ।

    तर, सामाजिक सन्जालमार्फत् आफूले प्राप्त गरेको ठेगाना पछ्याउँदै अन्सारी पाकिस्तानी किशोरीको घरमा पुग्दा त्यहाँ पाकिस्तानी प्रहरी तैनाथ थिए र उनलाई त्यहीँबाट पक्राउ गरियो ।

    उनलाई पछि जासुसी गरेको र नक्कली कागजात बनाएको अभियोगमा ६ वर्षको जेल सजाय तोकियो ।

    ‘अपरिचित व्यक्तिसँग भावनामा नडुब्नोस् र फेसबुकलगायतका सामाजिक सन्जालमार्फत् ‘मायाजाल’मा नफस्नोस्’–अन्सारीले आफू रिहा भइ भारत फर्केको तीन दिनपछि एएफपीसँगको कुराकानीमा भने ।

    पाकिस्तानी जेलमा ६ वर्षको बसाइँपछि मंगलबार घर फर्किएका इन्जिनियर अन्सारीले भारतीय सीमानामा पुगेपछि भावुक मुद्रामा आफ्नी आमासँग गलामा गला जोडेको र जन्मभूमिलाई पूरै घोप्टो परेर ढोगेको श्रव्यदृश्य स्थानीय सन्चारमाध्यमहरूले उच्च महत्वका साथ प्रसारण गरेका छन् । उक्त दृष्य सामाजिक सन्जालमा पनि ‘भाइरल’ बनेको छ ।

    ‘निर्वासित हुन पाउनु मेरो जीवनका लागि सबैभन्दा खुसीको क्षण भएको छ’–३३ वर्षीय अन्सारीले मुम्बइस्थित आफ्नो घरबाट फोनमा बताए ।

    उनले भने–‘अब मैले एउटा व्यवसाय सुरु गर्छु । विवाह गर्छु । आफ्नो र परिवारको सुखमा रमाउँछु । मलाई थप सामाजिक बन्नु छैन ।’

    क्षेत्रीय प्रतिस्पर्धी भारत र पाकिस्तानबीच सन् १९४७ मा बेलायतबाट उनीहरू स्वतन्त्र भएपछि तीन ठूला युद्ध भएका छन् ।

    उनीहरूले फरक–फरक समय र परिस्थितिमा एकार्काका नागरिकलाई जासुसी आरोपमा पक्राउ गर्ने र थुन्ने विषय सामान्यजस्तै देखिँदै आएको छ । रासस/एएफपी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij