आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हुवावेसँग किन डराइरहेको छ अमेरिका ?

  • प्रकाशित मिति : शनिबार, पुस ७, २०७५



  • ७ पुस, काठमाडौं । स्मार्टफोन बनाउने विश्वकै दोस्रो ठूलो कम्पनी हुवावेसँग कुनै पनि देशले ईश्र्या गर्न सक्छ । चीनको यो कम्पनीमा स्मार्टफोन मात्र बनाउँदैन । यसले इन्टरनेट राउटर, सर्वर आदि उत्पादन गर्छ, जसको मद्दतले इन्टरनेट मानिसहरुको घरघरमा पुग्छ ।

    अमेरिका, जापान, अष्ट्रेलिया र न्युजिल्याण्ड जस्ता शक्तिशाली देशले हुवावेका उत्पादनमा प्रतिबन्ध लगाएको छ भने बि्रटेन, क्यानडा र जर्मनीले छलफल गरिरहेको छ । आखिर किन विकसित देश हुवावेका उत्पादनविरुद्ध छन् ?

    के छ विकसित देशको चिन्ता ?

    इन्टरनेटको दुनियाँ फोरजीबाट अगाडि बढेर फाइभ जीमा प्रवेश गर्दैछ । सर शब्दमा भन्ने हो भने फाइभ जी इन्टरनेटले हाम्रो दुनियाँलाई पुरै परिर्वतन गरिदिनेछ । इन्टरनेटको स्पीड अहिले भएको भन्दा कयौं गुणा बढ्नेछ ।
    जब इन्टरनेट अफ थिंक्सको यात्रा सुरु हुनेछ, त्यसबेला अटोमेटेड कारदेखि सबै घरेलु उत्पादन र शहरहरुको निगरानी गर्ने ड्रोन आपसमा एकअर्कासँग जोडिनेछन् ।

    यस्तोमा सूचनाको आदान प्रदान जुन उत्पादन हुँदै हुनेछ, त्यो उत्पादन विश्वका सीमित कम्पनीले बनाउनेछन् । तर, हुवावेले यो क्षेत्रमा सफलता पाइसकेको छ ।

    हुवावेले मंगलबार घोषणा गरेको छ कि उसँग विश्वभरमा फाइभजी प्रविधिसँग जोडिएको २५ प्रतिशत कन्ट्राक्ट छ । हुवावेलाई लिएर आशंका गरिएको छ कि चीन सरकारले यो कम्पनीको उपकरणको मद्दतमा अर्को देशको गोप्य जानकारी लिनेछ ।

    फाइनान्सियल टाइम्सको एक रिपोर्टमा हुवावेका उपप्रमुख केन हुको हवाला दिँदै लेखिएको छ, ‘चीनको यो कम्पनीले मंगलबार घोषणा गरेको छ कि उसँग विश्वभरमा फाइभजी इन्टरनेटको २५ प्रतिशत कन्ट्राक्ट छ । यद्यपि केही बजारमा हुवावेविरुद्ध डर देखाउने प्रयास भइरहेको छ र इन्डस्ट्रियल ग्रोथलाई प्रभावित गर्न राजनीतिको सहारा लिइएको छ ।

    तर, हामी गर्वका साथ भन्न सक्छौं कि हाम्रो ग्राहक अझै हामीसँगै छन् । हाम्रो उत्पादनमा सुरक्षा खतरा रहेको कुरा गर्नुभन्दा यो राम्रो हुन्छ कि तथ्यमा ध्यान दिऔं र तथ्यले बताउनेछ कि हुवावेको उत्पादन पूर्ण सुरक्षित छ ।’
    साथै उसले यो एक स्वतन्त्र कम्पनी भएको र चीन सरकारलाई केही नदिने पनि बताएको छ ।

    सन् २०१२ मा अमेरिकी संसदमा एक रिपोर्ट पेश भएको थियो, जसमा भनिएको छ कि हुवावे चीन सरकारसँग आफ्नो सम्बन्ध खुलाउन चाहँदैन । साथै कम्पनीले अमेरिकी कानुनलाई पालना नगरेको प्रमाण समेत भेटिएको समितिको दाबी छ ।

    यो लगत्तै अमेरिकी सरकारले आफ्नो सहयोगी देश, जसलाई फाइभ आई ग्रुप पनि भनिन्छ, त्यहाँ पनि हुवावेमाथि प्रतिबन्ध लगाउने प्रयास थाल्यो ।
    हुवावेमाथि पछिल्लोपटक जापानले प्रतिबन्ध लगाएको छ ।

    चीन र अमेरिका किन आमनेसामने छन् ?

    सन् १९८९ मा सुरु भएको हुवावेले मात्र ३१ वर्षमा टेलिकम उपकरण बनाउने विश्वको सबैभन्दा ठूलो कम्पनी बनेको छ ।

    चिनियाँ सेनाका अधिकारी रेन जेन्फेइले चीनको टेलिकम क्षेत्रको अवस्था बदल्न कम्पनी सुरु गरेका थिए । तर, अब यो चीनमा राष्ट्रिय गौरवका रुपमा देखिन्छ । किनकि इन्टरनेट प्रसारित गर्न जेजे उत्पादन गर्नुपर्ने हुन्छ, यो सबै यो कम्पनीले उत्पादन गर्छ ।

    रेन जेन्फेई अहिले पनि हुवावेका अध्यक्ष छन् । उनकी छोरी मेग वाग्जो १ डिसेम्बरमा क्यानडामा गिरफ्तारमा परिन् ।

    क्यानडाको अदालतमा यो दाबी गरिएको छ कि मेगले हुवावेको उपकम्पनी स्काइकमको मद्दतमा सन् २००९ देखि २०१४ सम्म अमेरिकी प्रतिबन्ध उल्लंघन गर्‍यो । साथै मेगमाथि यो पनि आरोप छ कि अमेरिकी बैंकमा हुवावे र स्काइकम

    अलग-अलग कम्पनी भएको बताइयो, जबकि दुबै कम्पनी एक हुन् ।

    न्यूयोर्क टाइम्सका अनुसार न्यूयोर्कको एक अदालतले २२ अगष्टमा मेगलाई गिरफ्तार गर्न वारेन्ट जारी गरेको थियो । अमेरिका र क्यानडाबीच प्रत्यार्पण सन्धी भएकाले क्यानडा सरकारले मेगलाई अमेरिका प्रत्यार्पित गर्ने तयारी थालेको थियो ।

    अमेरिका पुग्दा उनीमाथि कयौं आर्थिक संस्थामा घोटाला गर्ने षड्यन्त्र रचेको आरोपमा मुद्दा चल्न सक्छ, जसमा दोषी ठहर भए ३० वर्षसम्म जेल सजाय हुन सक्छ ।

    मेगको गिरफ्तारी चीनमा एक पूर्वकूटनीतिज्ञलाई हिरासतमा लिएपछि बाहिर आएको हो । बासिङटन पोष्टको एक रिपोर्टअनुसार चीनमा माइकल कोवरिग र माइकल स्पोवर नामका दुई क्यानेडेली नागरिकलाई हिरासतमा लिइएको छ र उनीहरुविरुद्ध राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराएको आरोप लगाइएको छ ।

    क्यानडाका लागि चिनियाँ राजदूत लु शायेले द ग्लोब एण्ड मिलमा लेख लेख्दै भनेकी छन्, ‘जसले चीनमाथि मेग पक्राउको बदलामा केही व्यक्तिलाई हिरासतमा लिएको आरोप लगाइरहेका छन्, उनीहरुले क्यानडाको कदमलाई हेर्नुपर्छ ।’
    हाल क्यानडाको अदालतले मेगलाई धरौटीमा छाडेको छ र ६ फेब्रुअरीमा हाजिर हुन भनेको छ ।

    अब के हुन्छ ?

    मेग वाङजोको गिरफ्तारीमा चीन सरकारले कडा प्रतिक्रिया दिएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन् कि कुनै प्रकारको राजनीतिक संलग्नता छैन ।

    न्यूयोर्क टाइम्सको रिपोर्टमा भने अमेरिकी सरकारका ब्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले भनेका छन् कि यो एक फौजदारी न्याय प्रणाली हो र यो उनको कामभन्दा भिन्न छ ।
    जी-२० सम्मेलनका क्रममा चीन र अमेरिका ब्यापार युद्ध ९० दिनलाई रोक्ने सहमति गराउन लाइटहाइजरले भूमिका खेलेका थिए । यस्तोमा मेगको रिहाइका लागि चीन सरकारले कस्तो कदम चाल्छ, त्यो समयले नै बताउँछ ।

    अन्लाईन खबरबाट सभार

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij