आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इन्डोनेसियामा आएको सुनामीमा परेर कम्तिमा २० जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५



  • काठमाडौं । इन्डोनेसिया आएको सुनामीमा परेर कम्तिमा २० जनाको मृत्यु भएको छ ।

    Image result for volcano

    सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर उनीहरुको मृत्यु भएको हो । सुनामीमा परेर १ सय ६५ जना घाइते भएको त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको  छ ।

    सुनामीका कारण दर्जनौं भवन भत्किएका छन् । सुन्डा स्ट्रेट खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी बिस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको आशंका गरिएको छ ।

    सुमात्रा र जावा द्वीपको बीचमा रहेको सुन्डा स्ट्रेट हिन्द महासागरसँग जोडिएको छ । सुनामीले सयौं सवारी साधनमा समेत क्षति पुर्‍याएको छ ।

    सडकसम्म पानी पसेकाले सवारी आवागमन बन्द भएको छ ।

    सुन्डा स्ट्रेट र आसपासका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । नागरिकहरुलाई सचेत रहन सरकारले अपील गरेको छ ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij