आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बङ्गलादेशको आमनिर्वाचनप्रति राष्ट्रसङ्घ र अमेरिकको चिन्ता

  • प्रकाशित मिति : शुक्रबार, पुस १३, २०७५



  • ढाका, १३ पुस (रासस÷एएफपी)  बङ्गलादेशमा आइतबार हुन लागेको आमनिर्वाचनप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । निर्वाचनको हाल जारी अभियानका क्रममा भएका आन्दोलन तथा हिंसात्मक क्रियाकलापका कारण निर्वाचनको दिनमा पनि हिंसा बढ्नसक्ने आशङ्का बिहीबार संयुक्तराज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घले गरेका छन् ।

    आइतबार हुन लागेको सो आमनिर्वाचनको विषयलाई लिएर आन्दोलन चर्किएको छ । सो आन्दोलनका कारण एक सय भन्दा बढी मानवअधिकारवादी पक्राउ परेका छन् ।

    विपक्षीलाई प्रहरीले आक्रमण गरेको आरोप उनीहरूको छ । सरकारले सयौँ विपक्षीहरूलाई जेल हालेको भन्दै केही दिनयता आन्दोलन जारी राखेका छन् । निर्वाचन अघिको हिंसाका कारण अमेरिका र संयुक्त राष्ट्रसंघबाट यस प्रकारको चिन्ता व्यक्त भएको बताइएको हो ।

    दक्षिण एसियाली यस राष्ट्रका प्रधानमन्त्री शेख हसिनाले आतइबार हुने निर्वाचनमा आफ्नो चोथौ कार्यकालको लागि आफ्नो दलको तर्फबाट चुनावी प्रचार गर्नुभएको थियो ।

    बङ्गलादेशका प्रमुख विपक्षी नेत्री खालिदा जिया जेलमा रहनु भएको छ । उहाँले विर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने बताउनुभएको छ ।

    बङ्गलादेशको लागि अमेरिकी राजदूत एरल मिलरले चुनावी अभियानका क्रममा हुने हिंसामा विपक्षी पार्टीप्रति नै हिंसा लक्षित हुनसक्ने बताउनुभएको छ ।

    बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्त केएम नुरुल हुदासँग भएको वार्ताको क्रममा मिलरले सो चिन्ता व्यक्त गर्नुभएको बताइएको छ ।

    उहाँले प्रमुख निर्वाचन आयुक्तसँगको भेटका क्रममा यहाँका प्रमुख विपक्षी दलका कार्यकर्ताहरूलाई तारो बनाइएको र निर्वाचनका क्रममा पनि उनीहरूमाथि हिंसा हुनसक्ने अमेरिकी चासो आफूले उठाएको बताउनुभएको थियो ।

    गएको दुई हप्तादेखि बङ्गलादेशमा जारी हिंसाबाट विपक्षीहरूलाई तारो बनाइएको पाइएको छ । सोही कारण नै अमेरिकाले यो चासो व्यक्त गरेको समाचारमा जनाइएको छ ।

    निर्वाचन प्रचारप्रसारको क्रममा जारी हिंसामा अल्पसङ्ख्यक र महिला उम्मेदवारसमेत पीडित भएको मिलरद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

    आक्रमणहरूमा प्रायः विपक्षी पार्टीका सदस्यहरू नै पीडित भएका समाचारहरू आइरहको छन् । निर्वाचनको दिनमा सुरक्षा व्यवस्थाको विषयमा पनि मिलरले प्रमुख आयुक्तलाई प्रश्न गर्नुभएको बताइएको छ ।

    अमेरिका र संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशका प्रत्येक व्यक्तिलाई धाकधम्की या हिंसारहित एवम् स्वतन्त्र रुपमा मतदान गर्न आग्रह पनि आग्रह गर्नुभएको छ ।

    उता जेलमा रहेकी विपक्षी नेत्री खालेदा जियाले वर्तमान सरकारले गराउन लागेको यस आमनिर्वाचन निष्पक्ष रुपमा सम्पन्न होला भन्नेमा आफ्नो विश्वास नरहेको बताउनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij