आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६८ जना पुग्यो

  • प्रकाशित मिति : सोमवार, पुस १६, २०७५



  • मनिला, १६ पुस (रासस/एएफपी) – फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा ६८ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ ।

    अधिकारीहरुले सोमबार साँझसम्म मृत्यु हुनेको संख्या २२ रहेको जनाएका थिए । खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । अझै पनि १७ जना हराइरहेको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ ।

    आँधीले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ । सरकारी अधिकारीहरुले आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन गएको बताएका छन् ।

    नागरिक रक्षा कार्यालयका अनुसार अधिकांश मानिसको मृत्यु भूस्खलन र डुबेर भएको छ । स्थानीयवासीको शब्दमा “उस्मान” भनिने यस आँधीको बेग कमजोर हुन थालेको छ ।

    “अधिकांश प्रभावित क्षेत्र जलमग्न भएको छ । हामी मानिसको उद्धारका लागि सेना र रबर डुङ्गा पठाउँदैछौं । केही ठाउँमा त बाढी मानिसका घरको छानासम्म पुगेको छ,” बिकोलमा नागरिक रक्षा कार्यालयका प्रमुख क्लाउडियो यूकोटले बताउनुभयो ।

    आँधी आउनुअघि नै २२ हजारभन्दा बढी मानिस घर छाडेर अन्यत्र सुरक्षित स्थानमा गएका थिए । आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक र पुल भत्किएका छन् ।

    फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा सामुद्रिक आँधी आउने गर्दछन् । यी आँधीका कारण हरेक वर्ष सयौं व्यक्तिको मृत्यु हुनुका साथै लाखौं मानिसलाई गरिबीको दुस्चक्रमा पु¥याउँछ ।

    सन् २०१३ मा आएको शक्तिशाली हाइयान आँधी अहिलेसम्म सबैभन्दा ठूलो भएको अनुमान गरिएको छ । यो आँधीबाट सात हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij