आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

  • प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५



  • बेइजिङ, १७ पुस (रासस/एएफपी) – चीन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिहरुले दुबै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चिनीया सरकारी सञ्चार माध्यमहरुले चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औं वर्षगाँठका अवसरमा दुबै नेताबीच भएको शुभकामना सन्देशमा उक्त कुरा व्यक्त भएको छ ।

    सन् २०१८ मा बेइजिङ र वासिङटनबीच व्यापार विवादका कारण तनावका स्थिति रहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार युद्धविराम गर्दै करवृद्धिको नयाँ योजना कार्यान्वयन गर्नुभएको छैन ।

    गत शनिबार मात्र अमेरिकी राष्ट्रपतिले चिनीया राष्ट्रपति सी जिनपिङलाई टेलिफोन गरी नयाँ वर्षमा दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने बताउनुभएको सञ्चार माध्यमले जनाएको छ ।

    अमेरिकी राष्ट्रपतिलाई पठाउनुभएको सन्देशमा चिनीया राष्ट्रपति सीले दुबै मुलुकबीच समन्वय, सहयोग र स्थायित्व ल्याउन मिलेर कार्य गर्न चीन उत्सुक रहेको बताउनुभएको छ ।

    चिनीया समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति ट्रम्पले दुई मुलुकबीचको चार दशक लामो कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्न अमेरिका तत्पर रहेको बताउनुभएको छ ।

    पछिल्लो वर्ष चीन र अमेरिकाले एकअर्का मुलुकका करिब ३०० अर्ब अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेका थिए । चिनीया व्यापारिक अभ्यासहरु अनुचित रहेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले चीन विरुद्ध व्यापारिक युद्ध नै चलाउनुभएको थियो । चीनका व्यापारिक अभ्यासप्रति युरोपेली युनियन र जापानले पनि असन्तोष प्रकट गरिरहेका थिए ।

    तर, ब्युनस आयर्समा सम्पन्न औद्योगिक राष्ट्रहरुको शिखर बैठक (जी–२०) का अवसरमा दुबै राष्ट्रप्रमुखबीच तीन महिने व्यापार युद्धविराम गर्ने सहमति भएको थियो । व्यापारका क्षेत्रमा देखिएका विवादका विषयमा चीन र अमेरिकाबीच गम्भीर विचार विमर्श गर्ने सहमति उक्त भेटमा भएको थियो ।

    चीन र अमेरिकाबीच जनवरी १, १९७९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । यहीवर्ष चीनका नेता देङ सियाओपिङले संयुक्तराज्य अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई वासिङटनमा भेट गर्नुभएको थियो । त्यसयता दुबै मुलुकबीचको सम्बन्धमा नाटकीय रुपमा परिवर्तन आएको छ ।

    विगत ४० वर्षमा ताइवान, मानव अधिकार र व्यापारका विषयमा चीन र अमेरिकाबीचको सम्बन्धमा उतारचढाव आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij