मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

संसदमा पानीजहाजको खोजी !

  • प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५



  • काठमाडौं, पुस १७ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पानीजहाज चलाउन गरेको घोषणाबारे जानकारी दिन माग गरेका छन् ।

    ‘प्रधानमन्त्री ओलीले २०७५ साल पुस १६ गते अर्थात् सोमबार (हिजो)बाट नेपालमा चल्छ भनी गरेको घोषणाअनुसारको पानीजहाज कहाँबाट चल्यो ?’ भन्दै सांसद सुवालले संसदलाई यसबारे जानकारी दिन आग्रह गरे ।

    बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारले दुईओटा ‘वाइडबडी’ विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानको पालना नगरेको आरोप लगाए ।

    नेकपाका सांसद पम्फा भुसालले कर्मचारीले खटाएको ठाउँमा जानुपर्ने भन्दै वृत्ति विकासमा असर पर्ने गरी गरिएको व्यवस्था संशोधन गर्न माग गरिन् ।

    संघीय समाजवादी फोरमका सांसद विमलप्रसाद श्रीवास्तवले स्थानीय तहका कर्मचारीलाई पन्छाएर विकास निर्माणका काम हुन नसक्ने बताए ।

    बैठकमा नेकपाका सांसद मेटमणि चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैको उपचार हुने र अन्यत्र जानु नपर्ने आशा गरिएकामा केही कर्मचारीको दादागिरीले अस्पतालको अवस्था नाजुक बनेको बताए ।

    यस्तै, नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालयलाई बेवास्ता गरेको, सरकारले शिक्षामा कम लगानी गरेको, देशभर ६० हजार शिक्षक उपलब्ध हुन नसकेकाले शिक्षाको गुणस्तर खस्किएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij