आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चीन भ्रमणमा जाँदा विशेष ध्यान देउ – अमेरिका

  • प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५



  • वासिङटन, २० पुस (रासस/एएफपी) – संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमणमा जाँदा सावधानी अपनाउन अनुरोध गरेको छ । क्यानाडाली नागरिकहरुलाई चीनले दुराशयपूर्ण तरिकाबाट हिरासतमा लिएको भन्दै अमेरिकी भनाइ सार्वजनिक भएको हो ।

    अमेरिकी विदेश मन्त्रालयले जारी गरेको पछिल्लो ट्राभल एड्भाइजरीमा चीन भ्रमण गर्नुअघि विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । तर, यस्तो परामर्श आफ्ना नागरिकलाई हतोत्साहित गर्नका लागि नभएको मन्त्रालयले स्पष्ट गरेको छ ।

    “अधिकांश अवस्थामा अमेरिकी नागरिकहरुले चीन जानुअघि आफूहरुमाथि निषेधात्मक प्रतिबन्ध रहे नरहेको थाहा पाउन आवश्यक छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले चीनका स्थानीय कानुनको एकपक्षीय कार्यान्वयन गरिने, देश छाड्नबाट एकाएक प्रतिबन्ध लगाइने तथा चिनीया मुलका अमेरिकी नागरिकमाथि प्रताडना दिइने सम्भावनाप्रति सचेत रहन अनुरोध पनि गरेको छ ।

    अमेरिकी नागरिकहरुलाई सुरक्षाको अवस्था पहिल्यै विचार गर्न तथा जिनजियाङ र तिब्बतमा कफ्र्यु लागे नलागेको बारेमा पूर्व जानकारी लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

    अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चीन भ्रमणमा जाँदाका जोखिमबारे बुझ्न अनुरोध गरिएको बताउनुभयो । “चीन भ्रमणमा जाँदा जोखिम बढी छन् भन्ने कुरा हामी सबैले बुझ्नु आवश्यक छ ।”

    चीनको टेलिकम कम्पनी हुवावेका प्रमुख वित्त अधिकृत मेङ वान्झाउलाई क्यानाडाको भ्यानकुभरमा पक्राउ गरेलगत्तै चीनले आन्तरिक सुरक्षामा खतरा रहेको भन्दै गत डिसेम्बरदेखि हालसम्म ११ जना क्यानाडालीलाई चीनमा पक्राउ गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij