प्रकाशित मिति : सोमवार, पुस २३, २०७५
काठमाडौं । सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र चौका दाउ २७ पुषबाट देशव्यापी रिलिज हुँदै छ। पूणेन्दू झाको निर्देशन रहेको चौका दाउ प्रदर्शनका लागि सेन्सर पास भएको छ।
यो चलचित्रलाई केन्द्रिय चलचित्र जाँच समितिले १६ वर्ष मुनीका बालबालिकाले अभिभावकको सहयोगमा हेर्न मिल्ने गरी पिजी (प्यारेन्स गाईडेड) सर्टिफिकेट दिएको छ। चलचित्र हास्यप्रधान रहेको निर्देशक झाले बताएका छन्।
चलचित्रका निर्माता सौर्यजित बासकोटा र मनोज राजभण्डारी हुन् । यो चलचित्रमा दीर्घ गुरुङको छायाँकन रहेको छ भने मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन छ।
यस चलचित्रमा बरिष्ट संगीतकार शम्भूजित बासकोटाको संगीत रहेको छ। चलचित्रको परिकल्पनाकार, कथाकार पनि बासकोटा नै हुन्। चौका दाउमा सन्तोष पन्त, तैयव शाह वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका केसी, श्याम राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय छ।
चलचित्रको प्रोडक्सन म्यानेजर सुवासराज काफ्ले हुन् भने प्रोडक्सन सुपरभाइजर नरेन्द्र खड्का रहेका छन् । पटकथा अभिमन्यू निरवीको लेखेका हुन्। चलचित्रलाई विके फिल्म्स्ले काठमाडौं र एफडीले मोफसलमा बितरण गर्ने छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij