आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मूल्यबृद्धिलाई लिएर फ्रान्समा सरकारविरुद्ध प्रदर्शनः ठाउँ–ठाउँमा भीडन्त

  • प्रकाशित मिति : आइतवार, पुस २९, २०७५



  • काठमाडौं । फ्रान्समा ‘पँहले भेस्टधारी’ हजारौं व्यक्तिहरुले सडकमा उत्रिएर सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

    इन्धनमा भएको मूल्यविरुद्ध केही साता अघि सडकमा उत्रिएका प्रदर्शनकारीहरुले आफ्नो नबौं चरणको विरोध सुरु गरेका छन् । प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा उनीहरुको प्रहरीसँग भिड्न्त पनि भएको छ ।

    भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ ।

    पछिल्लो विरोध प्रदर्शनका क्रममा फ्रान्सभर झण्डै ८४ हजार व्यक्ति सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    इन्धनमा भएको मूल्यबृद्धिलाई लिएर सुरु प्रदर्शनमा पछिल्लो दिन नयाँ–नयाँ मागहरु थपिने क्रम जारी छ ।

    प्रदर्शनकारीहरुले कर, स्वच्छ उर्जा, संस्थागत सुधार र नागरिकताका मुद्दाहरुलाई उठाउन थालेका छन् ।

    यस अघिका प्रदर्शनमा आगजनी र तोडफोडका भए पनि पछिल्लो समय त्यस्ता घटनामा कमी आएको छ ।

    स्थितिलाई नियन्त्रणमा लिन ८० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म २२४ प्रदर्शनकारी पक्राउ परेका छन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij