आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रियल म्याड्रिड विश्वको सबैभन्दा धनी क्लब, कमाई ७५०.९ मिलियन युरो

  • प्रकाशित मिति : शुक्रबार, माघ ११, २०७५



  • एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिड युरोपको सबैभन्दा धनी क्लब बनेको छ । पछिल्ला तीन सिजन लगातार च्याम्पियन्स लिगको उपाधि जितेको स्पेनिस जाइन्ट किलर रियल १२औं पटक सर्वाधिक धनी क्लबको पहिलो सुचीमा गनिएको हो ।

    फुटबल क्लबहरूको आर्थिक कारोबारको तथ्यांक संकलन गर्दै आएको ‘डेलोइट’ संस्थाले बिहिबार सार्वजनिक गरेको तथ्याङ्क अनसार रियल पहिलो र स्पेनिस महारथि बार्सिलोना दोस्रो स्थानमा छन् ।

    ‘डेलोइट’ ले २२औं पटक यो सुची तयार पार्द रियल १२ औं पटक सर्वाधिक धनीमा गनियो । उक्त संस्थाले २०१७÷१८ मा क्लबहरूले गरेको सबैखाले व्यापार र आम्दानीका आधारमा यस्तो सूची तयार पारेको हो ।

    र, तेस्रो स्थानमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड रहेको छ । चौथोमा जर्मन क्लब बार्यन म्युनिख छ । गतबर्ष युनाइटेड शीर्ष स्थानमा थियो । गतबर्ष रियल दोस्रो स्थानमा थियो ।

    शीर्ष १० धनी क्लब र कमाई
    रियल म्याड्रिड (स्पेन) – ७५०.९ मिलियन युरो
    बार्सिलोना (स्पेन) – ६९०.४ मिलियन युरो
    म्यानचेस्टर युनाइटेड (इङ्ल्यान्ड) – ६६६ मिलियन युरो
    बार्यन म्युनिख (जर्मनी) – ६२९.२ मिलियन युरो
    म्यानचेस्टर सिटी (इङ्ल्यान्ड) – ५६८.४ मिलियन युरो
    पीएसजी (फ्रान्स) – ५४१.७ मिलियन युरो
    लिभरपुल (इङ्ल्यान्ड) – ५१३.७ मिलियन युरो
    चेल्सी (इङ्ल्यान्ड) – ५०५.७ मिलियन युरो
    आर्सनल (इङ्ल्यान्ड) ४३९.२ मिलियन युरो
    टोट्टनहाम (इङ्ल्यान्ड) – ४२८.३ मिलियन युरो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij