प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५
वाशिंगटन। सिंहलाई देखेर मानिसहरु डरले भाग्ने गर्छन्। तर अमेरिकामा एक व्यक्तिले बिना हतियार नै एक सिंहलाई मारेका छन्। अमेरिकामा हरेक वर्ष सिंहले धेरै मानिसहरुलाई आक्रमण गरेको खबर आउने गर्छ। पहाडी सिंहको आक्रमणको कारण धेरै मानिसहरुकोे ज्यान गएको छ।
कोलोराडोमा एक व्यक्ति जगिङ गरिरहेका थिए। ठिक त्यही बेला उनलाई सिंहले पछाडीबाट आक्रमण गर्यो। त्यहाँका वन अधिकारीहरुका अनुसार सिंहले ती व्यक्तिको गर्धन, अनुहार तथा पिठ्यूँमा आक्रामण गरेको थियो। जसको कारण उनलाई निकै गहिरो चोट लागेको छ। कोलोराडो पाक्र्स एंड वाइल्डलाइफ प्रवक्ता रेबेक्का फेरेलका अनुसार सिंहले ती व्यक्तीलाई आफ्नो मुखमा दबाएको थियो। तर उनले आफ्नो ज्यान बचाउँनको लागि सिंहको घाँटी थिचेर मारे। उनले आफ्नो पुरा तागत लगाएर सिंहका घाँटी थिचेका थिए।
पहाडी सिंह अमेरिकाको सबैभन्दा उच्च श्रेणीको शिकारीमा पर्दछ। यसको तौल करीब १२० किलो हुन्छ। यो निकै बलियो हुन्छ। यसले आफूँभन्दा दुईगुणा ठूलो जनावरलाई पनि हराउन सक्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij