आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चारतारे होटेलमा यसरी भयो बर्षा र संजोगको इन्गेज्मेन्ट (भिडियो)

  • प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५



  • काठमाडौं । चलचित्र क्षेत्रमा कलाकारहरु प्रेम सम्बन्धमा बाँधिने कुरा कुनै नौलो होइन तर प्रेम सम्बन्धबाटै वैवाहिक बन्धनमा बाँधिने जोडी निकै कम छन् ।

    नेपाली चलचित्र क्षेत्रमा धेरै कलाकारहरु प्रेममा बाँधिने र छुट्टिने क्रम चलिरहँदा लामो समयदेखि प्रेम सम्बन्धमा बाँधिएका प्रेम जोडी नायिका बर्षा रावत र संजोग कोइरालाले इंगेजमेन्ट गरेका छन् । प्रेम सम्बन्धको बारेमा मिडियामासमेत खुलेर कुरा गर्ने यो जोडीले सोमबार काठमाडौंमा रहेको एक चार तारे होटेलमा इंगेजमेन्ट गरेका हुन् । उनीहरुको इन्गेजमेन्टमा मिडियालाई भने निम्तो थिएन। परिवारका सदस्य र निकट साथीहरुको जमघटमा इन्गेजमेन्ट सम्पन्न भएको नायिक बर्षाले डिसी नेपाललाई जानकारी दिइन्।

    नायिका बर्षा र व्यवसायीसमेत रहेका संजोगले इंगेजमेन्टको तयारी आफ्नो अफिसियल फेसबुकमार्फत जानकारी गराएका थिए। उनीहरुले फागुन २ गते प्रेम दिवसका दिन विवाहको मिती जुराएका छन् । तर विवाह कहाँ गर्ने भन्ने बारेमा भने उनीहरुले स्थान सार्वजनिक गरेका छैनन् ।
    विवाहको मिती नजिकिदै आउँदा उनीहरु अन्तिम तयारीमा जुटेका छन्। किनमेल र निम्तो सम्झने र घरायासी तयारीमा आफूहरु लागेको बर्षाले बताइन्।

    बर्षाका अनुसार विवाह अगाडि जोडीको अब भेट हुनेछैन। विवाहको समारोहमा नै अबको भेट हुनेछ। बर्षाले धेरै मिडियाहरुबाट जोडीको अन्तरवार्ताका लागि आएका आग्रहलाई अहिले स्वीकार्न नसकेको बताइन्। हामी दुईजना त आपसमा भेट्ने फुर्सद नभएकोले सँगै जुटेर अन्तरवार्ता दिने त अब विवाह पछि नै संभव हुनेछ। उनले फोनमा बिहे तयारीबारे सन्जोगसँग कुरा भैरहेको तर भेट भने हुन नसकेको सुनाइन्।

    यो जोडीको प्रेम प्रशंग हुँदै विवाहको कला क्षेत्रदेखि मिडियालाईसमेत व्यग्र प्रतीक्षा थियो । भ्यालेन्टाइन डेको साइत पारेर उनीहरुले विवाह गर्दैछन् । यो जोडीलाई वैवाहिक जीवनको सफलताको अग्रिम शुभकामना।

    भिडियो:

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij