प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५
जाकार्ता। इण्डोनेसियामा एक शंकास्पद अभियुक्तसँग सोधपुछको क्रममा उनलाई अपराध कबुल गराउन पुलिसले उनको घाँटीमा सर्प बेरिदिएको भिडियो भाइरल भइरहेको छ । यस विषयमा तीब्र विरोध भएपछि अहिले इण्डोनेशिया प्रहरीले माफी मागेको छ र घटनामा संलग्न पुलिस अधिकारीलाई कारवाही गर्ने जनाएको छ ।
अनलाइना भाइरल भइरहेको भिडियोमा देखिएको छ कि पुलिसको नियन्त्रणमा रहेका एक व्यक्तिसँग चोरी भएको मोबाइलको बारेमा सोधपुछ भइरहेको छ । जब ती व्यक्तिले अपराध कबुल गरेनन् त्यसपछि पुलिस अधिकारीले उनको घाँटीमा सर्प बेरिदिन्छन् । पुलिस अधिकारीले ती व्यक्तिलाई अपराध कबुल नगरेमा उनको मुखमा र पाइन्टभित्र पनि सर्प हालिदिने धम्की दिएका छन् । हेर्नुहोस् भिडियो –
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij