प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५
बैङ्कक। थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमा याचना गरेकी छन्।
शाही परिवारको सदस्य रहेकै बेला ६७ वर्षीया उबोलरतनाले ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट केही दिन अगाडी उम्मेदवारी घोषणा गरेकी थिइन्।
उनको उम्मेदवारीका बारेमा उनका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए। आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टा नवित्दै राजाले राजपरिवारको सदस्य भएको व्यक्ति दलीय र सक्रिय राजनीतिमा संलग्न हुन नमिल्ने धारणा राखेका थिए। राजपरिवारका सदस्यहरु राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यता विपरित हुने राजाको भनाई थियो।
राजाको आपत्तिपछि निर्वाचन आयोगले पनि उहाँलाई उम्मेदवार बन्न नमिल्ने भन्दै अयोग्य घोषणा गरेको थियो। पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी घोषणा गरेको बताइएको छ। उनलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो। तर सन् २०१४ मा उनकी बहिनी यिङ्लकको सत्तामा पुनरागमन भएको थियो।
अन्ततः उनलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो। उनी अहिले निर्वासनमा छिन् भने देश बाहिरैबाट उले थाई रक्षा चार्ट पार्टी संचालन गरिरहेकी छन्। थाइल्याण्डमा आउदो मार्च २४ का दिन हुन आम निर्वाचन हुन लागेको छ। (रासस/एएफपी)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij