आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जम्मू–कश्मीरमा अर्को विष्फोट, भारतीय सेनाका मेजर मारिए, भारत–पाकिस्तान सम्बन्धमा थप दरार

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ४, २०७५



  • नयाँदिल्ली (एजेन्सी) । जम्मू–कश्मीरको पुलावमामा बिहीबार भएको आत्मघाति आक्रमणको दुई दिनपछि शनिबार भारत पाकिस्तान सीमा (एलओसी) नजिक एक विष्फोट भएको छ ।

    विष्फोटमा भारतीय सेनाका एकजा मेजरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय टेलिभिजन आजतकको अनलाईन संस्करणले विष्फोटको कारण पत्ता नलागेको बताएको छ भने दैनिक भास्करले भारतीय जमिनमा राखिएको एक बारुदी सुरुङ डिफ्यूज गर्दा उक्त विष्फोट भएको बताएको छ । सो बारुदी सुरुङ आतंकवादीले राखेको दैनिक भास्करले दाबी गरेको छ । यद्यपी सो विष्फोटबारे थप विवरण दिइएको छैन ।

    गएको बिहीबार श्रीनगर राजमार्गमा भारतीय सुरक्षाकर्मीको एक बसमा कारबाट आत्मघाति आक्रमण भएको थियो । सो आक्रमणमा कम्तिमा ४० जना भारतीय अर्ध सैनिक बलका जवानहरुको मृत्यु भएको थियो ।

    दशक यताको सबैभन्दा घातक आक्रमण भनिएको सो आक्रमणपछि भारत र पाकिस्तानबीच सम्बन्धमा थप दरार आएको छ । भारतले सो आक्रमण पाकिस्तानस्थित जैश–ए–मोहम्मदले गराएको भन्दै पाकिस्तान सरकारले सो संगठनका प्रमुखलाई खुला छाडेको बताएको छ । उसले पाकिस्तानले आतंकवादीलाई आश्रय दिँदै आएको आरोप लगाएको छ । उता पाकिस्तानले भारतको त्यस्तो आरोपको खण्डन गरेको छ ।

    बिहीबारको आक्रमणपछि भारतमा पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्नुपर्ने आवाजसमेत उठेको छ भने भारतीय नेताहरुले उत्तेजक अभिव्यक्ति दिन थालेका छन् । जम्मू–कश्मीरको विषयलाई लिएर भारत र पाकिस्तानबीच ३ पटक युद्ध भएको छ भने सीमा क्षेत्रमा सँधै युद्धकै अवस्था जस्तो हुने गरेको छ ।

    पाकिस्तानमा इमरान खान प्रधानमन्त्री बनेपछि यी दुई देशबीचको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको बेला बिहीबारको आक्रमणले त्यस्तो सम्बन्ध सुधारको आशालाई अनिश्चित समयका लागि पर धकेलिदिएको छ ।

    लोकसभा चुनावमा होमिनै लागेको बेला भएको यो आक्रमणले एकअर्काप्रति आरोपप्रत्यारोपमा उत्रिएका भारतीय राजनीतिक दलहरुलाई एकै ठाउँमा ल्याइदिएको छ । सबैजसो दल र नेताहरुको स्वर एउटै खालको हुने गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बदला लिने बताएका छन् । तर, भारतले कस्तो बदला लिने हो भन्ने तत्काल कुनै संकेत देखिएको छैन ।

    तर, पाकिस्तानलाई अन्तर्राष्ट्रिय जगतबाट दबाब दिने प्रयास भने भारतले शुरु गरिसकेको छ । बिहीबारको आक्रमणपछि भारतीय विदेश मन्त्रालयले राष्ट्रसंघीय सुरक्षा परिषदलाई पत्र लेखेरै त्यस्तो प्रायस गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij