आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अशोक पढेको काठमाडौंको स्कुल पहिलोपटक मिडियामा, साथीहरुले गाए चौरीको चाम्रो छुर्पी

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५



  • काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुबहरुमा गीत गाएर भाइरल भएका झापा दमकका १२ वर्षीय बाल गायक अशोक दर्जीको हालको नयाँ विद्यालयमा पहिलोपटक मिडियामा पुगेको छ ।

    अदभूत गायन क्षमताका कारण, छोटो समयमा नै चर्चामा रहेका उनलाई सुरुमा उर्लाबारी स्थित बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाएको थियो तर पछि गायक तथा संगीतकार टंक बुढाथोकीले उनलाई काठमाडौँ नै ल्याएर पढाएका थिए ।

    तर, आजसम्म उनको काठमाडौँको स्कुलको कुनै पनि कुरा बाहिर मिडियामा आएको थिएन भने आज पहिलोपटक उनको नयाँ स्कुल आर्टिस्ट खबरले सार्वजनिक गरेको छ ।

    हाल, अशोक दर्जी काठमाडौँको तिनकुनेमा रहेको एप्पल इन्टरनेशनल स्कुलमा ए आर बुढाथोकी सँग नै पढिरहेका छन् । उनीहरूको स्कुलमा आउँदै गरेको फाल्गुण ११ गते आफ्नो वार्षिक उत्सव कार्यक्रम मनाउँदैछन् भने सोही कार्यक्रमको तयारीमा जुटेका अशोक र एआरको क्रियाकलाप साथै केही कुराकानी यस भिडियोमा प्रस्तुत गर्दैछौँ ।

    हेर्नुस् आर्टिस्ट खबरले तयार पारेको यो भिडियो :

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij