आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हुवावेले ‘गलत कुरा गरेको छैन’ : अध्यक्ष कोअ पिङ

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १४, २०७५



  • बार्सिलोना । हुवावेले कुनै गलत काम नगरेको चिनियाँ प्रसिद्ध टेलिकम कम्पनीका अध्यक्ष कोअ पिङले बार्सिलोनामा भएको मोबाइल वर्ड कङ्ग्रेसमा मङ्गलबार बताएका छन् ।

    साइबर सुरक्षाबारे छलफलका लागि गरिएको बहसमा उनले भने, “हुवावेमाथि अनर्गलरूपमा आरोप लगाइएको र यसबाट कम्पनीको ख्यातिमा समस्या आएकोे छ ।” साइबर सुरक्षाबारे अमेरिका लगाएतका कतिपय मुलुकले कम्पनीमाथि फाइभ–जी प्रबिधिको सञ्जाल निर्माणमा आशङ्का व्यक्त गरेर पश्चिमी मुलुकहरूमा अफबाह फैलाएको भन्ने चिनियाँ अधिकारीहरूले दावी गर्दै आएका छन् ।

    फाइभ–जी तथा अत्यधिक–उच्च गतिको सम्पर्क क्षमता राख्ने हुवावेका प्रबिधिका कारण इन्टरनेट, डिजिटल अर्थतन्त्र, आधुनिक कारमा यसको प्रयोगका लागि कतिपय मुलुकहरूले उत्सुकता देखाइरहेका समय आएका साइबर सुरक्षाबारेका चेतावनीका कारण हुवावेका फाइभ–जी सेवा जोड्न आनाकानी भइरहेको छ ।

    एमडब्लुसी २०१९ मा बोल्नुहुँदै कुओ पिङले सुरक्षा खतराबारेका डरलाई साम्य गर्ने प्रयासमा उनले भने, “हामी सबैले विश्वास गर्ने प्रणालीको निर्माण गर्न हामीबीच सहकार्यको खाँचो छ । संगठित मापदण्ड र प्रष्ट नियमको आवश्यकता छ ।”

    “हामीले गर्वसाथ भन्न सक्छौँ कि फाइभ–जी फोर–जी प्रबिधिभन्दा सुरक्षित छ । हुवावेले अमेरिकी सरकारले भनेजस्ता कुनै बौद्धिक सम्पत्तिसम्बन्धी कानूनको उल्लङ्घन पनि नगरेको र कुनै जासुसी कार्यमा पनि सम्लग्न नभएको उनले बताए। एउटा कम्पनी भएको नाताले उसले व्यवसायिक मुल्यमान्यतालाई सधै आत्मसात गर्ने उनको दावी थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij