आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतको दोस्रो लडाकू विमान पनि खसालेको पाकिस्तानी सेनाका प्रवक्ताले गरे पुष्टि

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १६, २०७५



  • काठमाडौं। हिजो राती आफ्नो भूमिमा हवाइ आक्रमण र गएरातीदेखि सीमाको नियन्त्रण रेखा पार गरेर गोलीबारी गरेको प्रतिकारमा पाकिस्तानले भारतीय वायुसेनाका २ लडाकू विमा खसालिदिएको जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीटरमार्फत आफुहरुले २ भारतीय वायुसेवाका विमान खसालिदिएको बताएका छन् । उनका अनुसार एउटा विमान पाकिस्तान नियन्त्रित आजाद जम्मु कश्मिरमा खसेको र अर्को विमान भारत नियन्त्रित कश्मिरमा खसेको छ ।

    गफुरका अनुसार पाकिस्तानी वायुसेनाका विमान भारतीय सीमाभित्र प्रवेश गरेका छन् । नियन्त्रण रेखा नाघेर पाकिस्तानी एयसस्पेसभित्र छिरेका दुई विमान खसालिएको हो । मेजर जनरल गफूरका अनुसार पाकिस्तानभित्र खसेको विमानका दुई पाइलटमध्ये एकलाई जीवित अवस्थामा पक्राउ गरिएको छ । विमानमा दुई पाइलट भए पनि अर्का पाइलटको मृत्यु भएको, उनी त्यही क्षेत्रमा कतै लुकेको वा भागेको बारे जानकारी प्राप्त भएको छैन ।

    गएराती भारतीय सेना नियन्त्रण रेखा नाघ्दै पाकिस्तान प्रवेश गरेका थिए । यसअघि भारतीय वायुसेनाका विमानले पाकिस्तान नियन्त्रित कश्मिर (पीओके) समेत पार गर्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बालाकोटमा बम आक्रमण गरेको थियो । फेब्रुअरी १४ मा भारतको पुलावामामा आतंकवादी आक्रमणमा भारतीय सेनाका ४० जवान मारिएपछि यी दुई देशबीच युद्धको स्थिति सृजना भएको हो । यो आतंकवादी आक्रमणको जिम्मा भने आतंकवादी संगठन जैश–ए–मोहम्मदले लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij