प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५
चेन्नइ। तमिलनाडुको चेन्नइमा डाक्टरले एक व्यक्तिको पेटबाट चाबी, सिक्का, सिमकार्ड, ब्लेड, पेन्सिल, शार्पनर, चुम्बक समेत ३८ चीज निकालेका छन् । सर्जरीमा करिब ४५ मिनेट लागेको बताइएको छ । डाक्टरहरुलाई आश्चर्य भयो कि पेटमा यति धेरै खतरनाक कुराहरु हुँदा पनि ५२ वर्षका जयकुमारलाई समस्या किन भएन ? डाक्टरहरुका अनुसार जयकुमार मानसिक रोगी हुन् ।
डाक्टरले सर्जरी नगरिएको भए उनको मृत्यु समेत हुन सक्ने बताएका छन् । जयकुमारको उमेर ख्याल गर्दै डाक्टरहरुले उनको २ दिनमा २ पटक ग्यास्ट्रोस्कोपी गरे । पहिलो दिन पेटबाट २२ चीज र दोस्रो दिन १६ चीज निकालियो । डाक्टरका अनुसार पेटबाट निस्किएको सबैभन्दा सानो चीज २ सेन्टिमिटरको थियो । एक चुम्बकको साथमा अन्य कैयौं धातु टाँसिएका थिए ।
सर्जरी गर्ने एक डाक्टर जयन्ती रंगराजनका अनुसार जयकुमारको पेटमा धातु भएको कुरा उनको एमआरआइ गर्दा थाहा भएको हो । उनको दिमागी रोग स्क्यान गर्नका लागि एमआरआइ गरिएको थियो । एमआरआइको क्रममा मेसिनको आसपास चुम्बकीय तरंग सक्रिय रहछ । यो तरंगमा गडबडी आएपछि डाक्टरहरुलाई केही असामान्य भएको थाहा भएको थियो । चुम्बकीयीय तरंग उत्पन्न हुने मेसिनमा हुँदा जयकुमारको पेटको चुम्बकमा हलचल भएपछि उनको पेट दुख्यो । त्यसपछि सिटी स्क्यान गर्दा उनको पेटमा चुम्बकसहित अन्उ वस्तु भएको थाहा भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij