आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आमिर खानको त्यो धोकाले टुटेकी थिइन् दिव्या भारती, त्यसपछि लिइन् यस्तो बदला

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५



  • मुम्बइ। दिव्या भारती एक यस्ती नायिका थिइन् जसको उदाउँदो स्टारडमले धेरैको निन्द्रा खोसेको थियो । तर यही स्टारडमका कारण आमिर खानले उनीलाई यस्तो धोका दिए जसका कारण दिव्या भित्रैदेखि टुटेकी थिइन् । तर दिव्याले पनि आमिरसँग यसको बदला लिएकी थिइन् ।
    यो त्यतिबेलाको कुरा हो जब यश चोपडा फिल्म ‘डर’ बनाइरहेका थिए । यश चोपडा निकै चर्चित निर्देशक थिए । फिल्म इन्डष्ट्रिमा सबै कलाकार उनीसँग काम गर्न चाहन्थे । आमिरले पनि जब यश चोपडासँग ‘डर’ मा काम गर्ने मौका पाए तब उनले फिल्ममा हस्तक्षेप नै गर्न थाले । आमिर खान सधैं आफ्नो फिल्म र भूमिकाको विषयमा निकै ‘चुजी’ रहँदै आएका छन् त्यसकारण ‘डर’ फिल्मका लागि पनि उनले यश चोपडालाई आफ्नो रंग देखाउन सुरु गरे ।

    फिल्मको मुख्य भुमिकामा दिव्या भारती थिइन् । दिव्या त्यतिबेला सुपरस्टार थिइन् । सबै उनीसँग काम गर्न चाहन्थे तर आमिर भने फिल्मको क्लाइमेक्स मात्र परिवर्तन चाहँदैनथे, दिव्या भारतीलाई हटाएर फिल्ममा जुही चावलालाई राख्न चाहन्थे । वास्तवमा दिव्या भारतीसँग आमिरको अनुभव राम्रो थिएन । लण्डनमा भएको एक लाइभ शोको क्रममा दिव्याले आफ्नो एउटा डान्स स्टेप बिर्सिइन् । उक्त लाइभ शोमा आमिर खान उनका पार्टनर थिए । आमिरले दिव्याको गल्ती देखेपछि उनीसँगको अन्य गीतबाट पनि पछि हटे । आमिरले दिव्यालाई छोडेर जुहीसँग प्रस्तुती दिए । यसकारण दिव्याको मन टुट्यो र उनी निकै रोइन् । यसबारे दिव्याले एक अन्तर्वार्तामा बताएकी थिइन् ।

    आमिरलाई यो कुराले खासै असर गरेन तर सलमानले यो सबै हेर्न सकेनन् । सलमान दिव्या भारतीको मद्दतका लागि आए । थाकेको र पेटमा चोट लागेको भएपनि सलमानले दिव्या भारतीसँग परफर्मेन्स दिए । जब दिव्यालाई भारतको ‘डर’ फिल्म अफर भयो तब उनले आमिरसँगको पुरानो कुरा बिर्सिएर ‘हुन्छ’ भनिन् । तर आमिरले पुरानो कुरा बिर्सिएका थिएनन् र फिल्मबाट दिव्यालाई हटाएर जुहीलाई राख्नुपर्ने जिद्दी गर्न थाले । अन्त्यमा यश चोपडाले दिव्यालाई हटाएर जुहीलाई फिल्ममा अनुबन्ध गर्न बाध्य भए ।

    तर पछि उनलाई पनि फिल्मबाट हटाएर शाहरुख खानलाई साइन गराइयो । तर दिव्याले आमिरको यस्तो धोका बिर्सिएकी थिइनन् । उनले यसको बदला फिल्म ‘दिवाना’ मा लिइन् । यो फिल्ममा सुरुमा अरमान कोहलीलाई साइन गराइएको थियो । फिल्मका केही दृश्य सुटिङ पनि भइसकेको थियो । तर कुनै कारणवश अरमानले फिल्म खेल्न सकेनन् । त्यसपछि फिल्ममा आमिर खानलाई लिने कुरा चल्यो तर दिव्याले शाहरुखलाई भित्र्याइन् । शाहरुख पहिले नै ‘डर’ का कारण स्टार भइसकेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij