आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हत्या गरिएकी महिलाको शरीर पोस्टमार्टमका लागि लैजान लाग्दा उल्टियो सबथोक (भिडियो)

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५



  • केली। कोलम्बियामा एक महिलालाई दिनदहाडै सडकमा गोली हानियो । मानिसहरुले उनको हत्याबारे पुलिसलाई खबर गरे । पुलिस आउँदासम्म घण्टौं शरीर सडकमै रह्यो । केही घण्टापछि पुलिस आयो र घटनास्थलमा रहेका सबुत प्रमाण र सुरागहरु जुटाउन थाल्यो । सबै साक्षीहरु जुटाइसकेपछि महिलाको शरीरलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी हुँदै थियो यत्तिकैमा अचानक यस्तो घटना भयो कि सबथोक उल्टियो ।

    घटना कोलम्बियाको केली शहरको हो । यहाँ ३३ वर्षकी केरमन एन्ड्रा केंडेज नामकी महिलालाई कसैले दिनदहाडै बीच सडकमा गोली हानिदियो । गोली लागेर ढलेकी महिलाको शरीरमा कुनै हलचल थिएन । त्यसपछि स्थानीयले पुलिस बोलाए । पुलिसलाई लाग्यो उनको मृत्यु भइसकेको छ । त्यसैले पुलिसले आसपासका सुरागहरु जुटाउन थाल्यो । पुलिस घटनास्थल पुग्दासम्म उनको शरीर सडकमै थियो ।

    एक पुलिस अफिसरले उनको शरीरको अवस्थिति दर्शाउनका लागि मार्कर लगाउँदै थिए यत्तिकैमा उनलाई लाग्यो कि महिलाको हात हल्लिरहेको छ । पहिले त उनलाई लाग्यो कि यो भ्रम हो तर पुनः अर्को पटक हात हल्लिएपछि भने उनले बुझे कि महिला जीवित छिन् । घटना त्यहाँको पुलिस कारवाहीको भिडियो बनाइरहेका एक व्यक्तिको क्यामेरामा रेकर्ड भयो ।

    स्टेट हेल्थ सेक्रेटरी नेल्सन सिनिस्टेराका अनुसार महिलालाई तत्काल अस्पताल लगियो । डाक्टरले अहिले महिलाको हालत स्थिर भएको बताएका छन् । महिला खतरामुक्त भएको बताइएको छ । पुलिस यो घटनाको जाँच गरिरहेको छ । पुलिसलाई अब महिला ठिक हुने प्रतिक्षा छ ताकि उनीसँग सोधेर आरोपीको बारेमा केही जानकारी पाउन सकियोस् । हेर्नुहोस् भिडियो –

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij