आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यी भारतीय हिरोइनहरु जो यौनकाण्डको विवादमा फसे

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ८, २०७५



  • काठमाडौं। भारतमा सेक्स र्याकेटका काण्डहरु बेलाबेलामा भइरहन्छन् । विभिन्न समयमा बलिउड तथा साउथ इन्डियाका नायिका कयौ पटक यौन धन्दाको काण्डमा फसिसकेका छन् । आउनुहोस् केही भारतीइ अभिनेत्रीको बारेमा जानौं जो देहव्यापारको आरोपमा पक्राउ परेका छन् ।

    सुकन्याः तमिल, तेलुगु र मलयालम फिल्मकी नायिका तथा व्यावसायिक भरतनाट्यम डान्सर सुकन्या भारतको चेन्नई स्थित एक होटलबाट देह व्यापारको आरोपमा पक्राउ परेकी थिइन। गिरफ्तार पछि उनले पैसाको लागि देह व्यापार गरेको खुलेको थियो ।

    श्वेता बसु: सन् २०१४ मा हैदराबादको एक सेक्स स्क्यानडलमा श्वेता बासुको नाम आएको थियो। दुई महिनासम्म रेस्क्यू होममा बिताएपछि उनी घर फर्केकी थिइन। पछि हैदराबाद सेशन कोर्टले उनलाई सफाई पनि दियो। तर सेक्स र्याकेटमा नाम आएपश्चात भने उनको कुनै फिल्म आएन ।

    ऐश अन्सारी: ‘चलते चलते’ र ‘ओम शान्ति ओम’ जस्ता ठुला फिल्ममा काम गरिसकेकी दक्षिण भारतीय नायिका ऐश अंसारीलाई सन् २०१३ नोभेम्बर ५ मा रंगे हात देह व्यापार गर्दै गर्दा पक्राउ गरिएको थियो। उनी संग होटलबाट अन्य तीन महिलाई पनि पक्राउ परेका थिए। ऐश अन्सारीसंग जोडिएको यो सेक्स र्याकेट अनलाईन संचालन हुने बताइएको थियो ।

    भुवनेश्वरी: कैयौं तमिल फिल्म र धारावाहिकमा काम गरेर राम्रै कमाई गर्दा पनि भुवनेश्वरी देहव्यापार गर्दै गर्दा सन् २००९ मा चेन्नइमा दुई अन्य केटीहरु सहित पक्राउ परिन। उनी माथी आफ्नै अपार्टमेन्टबाट सेक्स र्याकेट चलाएको आरोप लागेको थियो । छिमेकीले गडबडीको शंका भनी प्रहरीलाई सूचना दिएपछि उनी पक्राउ परेकी थिइन् ।

    श्रावणी: तेलुगु धारावाहिक ‘हिमाबिन्दु’ र ‘लाया’ मा काम गरिसकेकी नायिका श्रावणी एक हाई प्रोफाइल सेक्स र्याकेटको केसमा ३ अक्टोबर, २०१३ मा रंगे हात पक्राउ परेकी थिइन। उनको साथमा जयराल स्टील नामक कम्पनीका मालिक संजन कुमार गोयनका पनि पक्राउ परेका थिए। प्रहरीले ती दुइको साथबाट २ लाख रुपैयाँ बरामद समेत गरेको थियो ।

    किन्नरा: दक्षिण भारतीय नायिका किन्नरा सेक्स ब्रोकरको भुमिकाको लागि आरोपित थिइन। एक न्युज च्यानलको स्टिंग अपरेसनको क्रममा यो खुलासा गरिएको थियो। उनले निर्देशक तथा निर्मातालाई लोभ देखाएर पनि कयौं फिल्म हत्याएको बताइने गर्छ ।

    सायरा बानूः हैदराबादमा सन् २०१० अगस्ट २३ मा एक सेक्स र्याकेटको भन्डाफोर भएको थियो। सो काण्डमा कयौं नायिका रंगे हात पक्राउ परेका थिए। पक्राउ परेका ९ जना मध्ये २ जना फिल्मका नायिका थिए। जसमा एक थिइन नायिका सायरा बानू ।

    ज्योति: दक्षिण भारतीय नायिका सायरा बानू जुन सेक्स र्याकेटमा समातिएकी थिइन, सोही घटनामा ज्योति पनि पक्राउ परेकी थिइन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij