आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा चुनावी घमसान, बिहारमा विपक्षीको महागठबन्धन

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ८, २०७५



  • नयाँ दिल्ली (बीबीसी) । भारतको सत्तारुढ भारतीय जनता पार्टीले लोकसभा चुनावका लागि आफ्ना उम्मेदवारको पहिलो सूची सार्वजनिक गरेको छ । भारतमा लोकसभाको चुनाव आउँदो एप्रिल ११ मा शुरू भई मे १९ मा सकिनेछ ।

    बिहीवार अबेर राति बीजेपीका वरिष्ठ नेता, केन्द्रीय मन्त्री र पार्टीको केन्द्रीय चुनाव समितिका सचिव जेपी नड्डाले १८४ जना उम्मेदवारबारे टुंगो लगाएका हुन् । सूची सार्वजनिक गरिनुअघि बीजेपीका कैयौँ ठूला नेता त्यसमा नसमेटिने अड्कलबाजीहरू भइरहेका थिए ।

    तर जेपी नड्डाले उम्मेदवारहरूको घोषणा गर्न थालेपछि पार्टी अध्यक्षको नाम आउँदा धेरैजना आश्चर्यमा परे । अध्यक्ष अमित शाह गान्धीनगरबाट चुनाव लड्नेछन् ।

    बीजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणी गान्धीनगरबाट निर्वा्चित वर्तमान सांसद हुन् । शाह राज्यसभाका सदस्य हुन् र पहिलो पटक उनी लोकसभाका लागि उठ्दैछन् ।

    उम्मेदवारहरूको सूचीमा आडवाणीको नाम छैन । नड्डाले त्यसबारे केही भनेनन्, तर आडवाणीलाई बीजेपीले पाखा लगाएको बुझ्न सकिन्छ । वरिष्ठ नेता आडवाणीलाई नसमेटिएकोमा त्यसप्रति असन्तुष्टियुक्त एउटा ट्वीट विपक्षी कांग्रेस आईका प्रवक्ता रणदीप सिंह सुरजेवालाले गरेका छन् ।

    बीजेपीले उत्तर प्रदेशको कुल ८० सीटमध्ये अहिलेलाई २८ मा उम्मेदवार घोषणा गरेको छ । जसअनुसार बहालवाला छ जना सांसदलाई सूचीमा समेटिएको छैन । त्यसमा वरिष्ठ नेता तथा पूर्वअध्यक्ष मुरली मनोहर जोशीको पनि नाम छैन।

    यसको अर्थ उनलाई पनि पाखा लगाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि पनि वाराणसीबाट प्रतिस्पर्धा गर्ने भएका छन् । मोदीविरुद्ध भीम आर्मीका संस्थापक चन्द्रशेखर आजादले चुनावी प्रतिस्पर्धामा उत्रिने बताएका छन् ।

    उनले कांग्रेस आई र अरू पार्टीहरूलाई पनि समर्थनका निम्ति आह्वान गर्ने बताएका छन् । हालै कांग्रेस आईकी महासचिव सोनिया गान्धीले आजादसँग भेटघाट गरेकी थिइन् र सो क्रममा उम्मेदवारीबारे पनि कुराकानी भएको थियो ।

    गृहमन्त्री राजनाथ सिंह लखनऊबाट, स्मृति ईरानी अमेठीबाट र विदेश राज्यमन्त्री जनरल वीके सिंह गाजियाबादबाट चुनावमा उठ्नेछन् । स्मृति ईरानीको सामना कांग्रेस आईका अध्यक्ष राहुल गान्धीसँग हुनेछ ।

    हेमा मालिनी मथुराबाटै उठ्नेछिन् । केन्द्रीय संस्कृतिमन्त्री महेश शर्मालाई नोएडाबाटै उठाइएको छ । अर्का केन्द्रीय मन्त्री नितिन गडकरी नागपुरबाटै उठ्नेछन् ।

    जानकारहरूका अनुसार यसपटक सीटको बाँडफाँट विधानसभा चुनावको परिणामलाई ध्यानमा राखेर गरिएको छ । त्यस्तै नेताहरूको कामलाई पनि हेरिएको बताइएको छ ।

    यसबैची शुक्रबार बिहारमा विपक्षीहरुको महागठबन्धनको सीट बाँडफाड सार्वजनिक गरिएको छ । काँग्रेस, आरएलएसपी, हम, भीआईपी र राष्ट्रिय जनता दल (आरजेडी)बीच बिहारमा महागठबन्धन भएको हो ।

    गठबन्धनअनुसार बिहारमा आरजेडी २० सीट, काँग्रेस ९, आरएलएसपी ५, हम ३ र भीआईपी ३ सीटमा चुनाव लड्नेछन् । बिहारमा सत्तारुढ गठबन्धन एनडीए र विपक्षीको महागठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij