आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वर्षौसम्म डेट एउटासँग, विवाह अर्कोसँग

  • प्रकाशित मिति : सोमवार, चैत्र ११, २०७५



  • काठमाडौं। बलिउडमा धेरै यस्ता जोडीहरु रहेका छन् जो एकअर्कालाई वर्षौसम्म डेट गरिरहे तर, अन्तमा उनीहरुले अरुसँगै विवाह गरे । लामो समय सम्बन्धमा रहेर अर्कैसँग विवाह हुने धेरै बलिउड सेलिब्रिटीहरु रहेका छन् । राजेश खन्नादेखि साहिद कपुरसम्म जसले आफ्नो प्रेम पाउन सकेनन् । अन्नत उनीहरुको लगनगाँठो अरुसँग गाँसियो ।

    १. राजेश खन्ना र अन्जुः राजेश खन्नाको अन्जु महेन्द्रुसँग लामो समय अफेयर चल्यो । उनीहरुको सम्बन्ध करिब ७ वर्षसम्म चलेको थियो । उनीहरुले बलिउडमा सँगै संघर्ष गरेका थिए । राजेश खन्नाको संघर्षको समयमा अन्जूले ठुलो सहयोग गरेकी थिइन् । तर अन्ततः उनीहरुको सम्बन्धमा तनाव बढ्न थाल्यो । सात वर्ष लामो सम्बन्ध तोड्दै उनले डिम्पल कपाडियासँग विवाह गरे । अन्जुले राजेश खन्ना बुझ्न नसकिने मानिस भन्दै उनीबारे बयान दिएकी थिइन् । राजेश युवतीहरुलाई आकर्षित गर्ने मानिस भए पनि आफैमा नबुझिएको व्यक्ति भएको अन्जुले बताएकी थिइन् ।

    २. राज कपुर र नर्गिसः राज र नर्गिस एक अर्कालाई धेरै माया गर्ने जोडीको रुपमा परिचित थिए । नर्गिसको सुन्दरताको जोकोही तारिफ गर्न पछि पर्थेनन् । नर्गिस र राज एकअर्काका लागि जेपनि गर्न तयार हुने जोडी थिए । १६ वटा फिल्मसँग गरेर पनि यो जोडी एकअर्काको भने हुन सकेन । अन्तत राज कपुले कृष्ण राज कपुरसँग विवाह गरे । राज कपुरसँग सम्बन्ध तोडिएपछि पिडामा रहेकी नर्गिसले सुनिल दत्तसँग विवाह गरेकी थिइन् । भनिन्छ, नर्गिस राजको स्त्रीलम्पट चरित्रबाट वाक्क भएकी थिइन् ।

    ३. मधुवाला र दिलिप कुमारः दिलिप कुमारको रिस अत्यन्त कडा थियो । हर कोही महिला उनी देखि डराउने गर्थे । तर, मधुबाला उनको प्रेममा परेकी थिइन् । त्यसबखतकी सबैभन्दा सुन्दर अभिनेत्रीमा उनी परिचित थिइन् । मधुवाला र दिलिपले एकअर्कालाई डेट पनि गरिरहेका थिए । तर, दुवैको घमण्ड यति धेरै थियो कि यो सम्बन्ध टुट्न धेरै समय लागेन । दिलिप कुमारले मधुवालासँग फिल्म नखेल्ने निर्णय मधुवालाको पिताको रहेको थियो । विहेको लागि प्रस्ताव गरेका दिलिपलाई मुधवालाले आफ्नो पितासँग माफी मागेपछि मात्र विवाह गर्ने भनेपछि उनीहरुको सम्बन्ध झनै बिग्रिएर गएको थियो । दिलिपले मधुवालालाई फिल्मलाइन छोडेर आफुसँग विवाह गर्न भनेका थिए । तर, मधुवालाले उनको प्रस्तान अस्विकार गरिदिएकी थिइन् ।

    ४. संजय दत्त र माधुरी दिक्षितः संजय दत्तले रिचा शर्मासँग विवाह गरेका थिए । उनीहरुको छोरी पनि छन् त्रिसला । तर रिचाको क्यान्सरका कारण मृत्यु भएको थियो । सन् १९९० को दशकमा संजयको जीवनमा आइन् माधुरी । उनीहरु फिल्म साजनको सेटबाट नजिकिएका थिए । उनीहरुबिच लामो समय अफयेर चलेको समेत बताइएको थियो । तर, जब संजयलाई टाडा केशमा प्रहरीले समात्यो तब यिनीहरुको सम्बन्ध बिलाएर गयो ।

    ५.अक्षय कुमार र सिल्पा सेट्टीः बलिउडमा यो जोडीको फिल्म धेरै नै आए । अक्षयको लवस्टोरी हरेक अभिनेत्रीसँग जोडिएर अझै पनि चर्चा हुने गर्छ । रविना टण्डन, पुजा भाट, ममता कुलकर्नी जस्ता अभिनेत्रीसँग उनको लिंकअप भएको व्यापक हल्ला चलेको थियो । तर, अक्षयको शिल्पासँग लामो समय अफेयर चलेको थियो । विवाहको लागि पनि उनीहरु तयार भएका थिए । तर, अक्षयले अन्तिम समयमा सबैलाई ट्वीस्ट दिने काम गरे । उनले टुइङकल खन्नासँग विवाह गरे । शिल्पाले अक्षयले विवाह गरेको धेरै समयपछि व्यापारी राज कुन्द्रासँग विवाह गरिन् ।

    ६. अभिषेक बच्चन र करिश्मा कपुरः अमिताभ बच्चनको ६० औ जन्मदिनमा अभिषेक र करिश्मा कपुरको इन्गेजमेन्ट समेत भएको थियो । तर, केही महिनापछि उनीहरुको सम्बन्ध टुंगियो । त्यसपछि उनीहरुबिचको हल्ला व्यापक चुलिएको थियो । यहाँ सम्मकी बलिउडमा काम गर्न छोड्न बच्चन परिवारले करिश्मालाई दबाब दिएको थियो । तर, करिश्माले अस्विकार गरेपछि उनीहरुको इन्गेजमेन्ट तोडिएको थियो । अभिषेकले विश्व सुन्दरी ऐश्वर्या रायसँग विवाह गरे । करिश्माले भने संजय कपुरसँग विवाह गरेकी थिइन् । उनीहरुको डिभोर्स भइसकेको छ ।

    ७. ऋतिक रोशन र करिना कपुरः ऋतिक रोशन र करिना कपुरको अफेयर पनि केही समय चलेको थियो । तर, करिनाले ऋतिकको डेब्यु फिल्ममा काम गर्न मानिनन् । यो फिल्मको अफर अमिशा पटेललाई दिइएको थियो । फिल्म हिट भयो । उनीहरुले फिल्मसँगै नगरे पनि उनीहरुबिच रोमान्स भने चलेको थियो । तर, करिनालाई सरप्राइज दिदै ऋतिकले सुजैनसँग विवाह गरेका थिए । करिनाले केही वर्ष अघि सेफ अली खानसँग विवाह गरेकी थिइन् । ऋतिकको सुजैनसँग डिभोर्स भइसकेको छ ।

    ८. शाहिद कपुर र करिना कपुरः करिब पाँच वर्ष लामो सम्बन्धमा यो जोडीको रोमान्सले बलिउड तताएको थियो । यो जोडीको रोमान्सको भिडियो पनि लिक भएको थियो । तर, शाहिदलाई पाखा लगाउँदै करिनाले सेफ अली खानसँग विवाह गरेकी थिइन् । त्यसपछि साहिदको जीवनमा विद्याबालन, प्रियंका चोपडासँगको अफयेरले बलिउडमा ठूलो चर्चा भयो ।

    ९. जोन अब्राहम र बिपाशा बसुः आठ वर्ष लामो लिबिङ टुगेदर रिलेशनसिप तोड्दै यो जोडी पनि अलग्गियो । सन् २०१४ मा जोनले अरेन्ज म्यारिज नै गरेर बिपाशालाई सरप्राइज दिए । त्यसपछि बिपासाले पनि जोनसँगको सम्पुर्ण सम्बन्ध तोड्र्दै करन ग्रोबरसँग विवाह गरिन् ।

    १०. लारा दत्त र केली दोर्जेः केली दोर्जेसँग डेटिङमा कुनै समय रमाएकी लाराले एक्कासी सम्बन्ध तोड्दै टेनिस खेलाडी महेश भुपतीसँग विवाह गरिन् । केलीले एक अन्तर्वातामा लारा र आफुबिच ८ वर्षको सम्बन्ध रहेको बताएका थिए । सन् २००७ मा उनीहरुबिचको सम्बन्ध टुटेको खुलासा गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij