प्रकाशित मिति : सोमवार, फाल्गुन २०, २०७५
एजेन्सी । हालै भारत प्रशासित जम्मू कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणका योजनाकार भनिएका जैश ए मोहम्मदका प्रमुख मसुद अजरको मृत्यु भएको अपुष्ट समाचारहरु आएका छन् ।
पाकिस्तानी मीडियाको हवला दिँदै भारतीय मीडियाले अजहरको मृत्यु भएको बताएका छन् । यद्यपी उनको मृत्युबारे पुष्टि भने हुन नसकेको जनाइएको छ । केही पाकिस्तानी र भारतीय ट्वीटर प्रयोगकर्ताहरुले अजहरको मृत्यु भएको बताएका छन् । तर, त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
अजहर रावलपिण्डीस्थित आर्मी अस्पतालमा उपचार गराइरहेको र उनको अवस्था नाजुक रहेको केही दिन पहिला पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीले बताएका थिए ।
उनको किड्नी फेल भएको सूचना भारतीय आर्मीसँग रहेको थियो । यहाँभन्दा धेरै उनको स्वास्थ्यबारे सूचना भने कसैसँग छैन । यद्यपी उनको मृत्यु बारेको समाचारहरु भाइरल भइरहेका छन् ।
हालै पुलवामा भएको आतंकवादी आक्रमणमा कम्तिमा ४० जना भारतीय सुरक्षाकर्मी मारिएका थिए । सो आक्रमणको जिम्मा जैश ए मोहम्मदले लिएको भारतीय सञ्चारमाध्यमले जनाएका थिए ।
उनी भारतको संसदमा २००१ मा भएको आक्रमणको योजनाकार रहेको पनि भारतले आरोप लगाउँदै आएको छ । यतिमात्र होइन २००८ को मुम्बई आक्रमण र पठानकोट आक्रमणमा पनि अजहरको योजना रहेको भारतीय आरोप छ । यद्यपी ती आरोपहरुको पुष्टि भने हुन सकेको छैन ।
अजरह १९९४ मा भारतमा पक्राउ परेका थिए । तर, नेपालको काठमाडौंबाट भारतका लागि उडेको भारतीय विमान १९९९ मा अपहरण गरेर अफगानिस्तानको कन्धाहर पुर्याइएपछि भारतले विमान र विमानका यात्रीको सुरक्षाका लागि त्यति बेला अजहरलाई मुक्त गरिदिएको थियो ।
सयता काठमाडौंस्थित त्रिभुवन विमानस्थलको सुरक्षा पनि बढाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij