प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५
केरला । भारतको केरला राज्यमा हात्ती स्याहारिरहेका एक मानिसको मृत्यु भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
घर नजिकै रहेको हात्तीलाई उनले पानीले नुहाइदिन खोजिरहेका हुन्छन्। हात्ती सरेर उनी भएको तर्फ आउँछ र च्यापिन जान्छन्।
हात्तीलाई डोरीले तानेर जमिनमा बसाउन खोजेका हुन्छन्। तर हात्तीले ब्यालेन्स गुमाउँछ र उनी भएको तर्फ नै ढल्छ। खुटटा च्यापिएसँगै उनीमाथि हात्ती ढलेको भिडियो फुटेजमा देखिन्छ।
उपचारको क्रममा उनको निधन भएको बताइएको छ। च्यापिएर मृत्यु भएका भिडियो फुटेजमा देखिएका मानिसको नाम अरुन पनिककार र उनको उमे ४० बर्ष रहेको डेलिमेलले उल्लेख गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij