आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उत्तर कोरिया फेरि आणविक हतियार बनाउँदै, क्षेप्यास्त्र परिक्षणको तयारी

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २२, २०७५



  • बीबीसी । उत्तर कोरियाले नष्ट पार्ने प्रतिबद्धता जनाएको एउटा क्षेप्यास्त्र प्रक्षेपणस्थललाई पुनर्स्थापित गर्न लागेको भू–उपग्रहबाट प्राप्त नयाँ तस्बिरहरूले देखाएका छन्।

    उत्तर कोरियाली र अमेरिकी नेताहरूबीचको वार्ता निरस्त्रीकरणबारे कुनै सहमतिमा नपुगी टुङ्गिएको दुई दिनपछि ती तस्बिरहरू खिचिएका हुन्।

    उत्तर कोरियाले डोङ्चाङ–नी प्रक्षेपणस्थलबाट भू–उपग्रह तथा इन्जिनको परीक्षण गर्दै आएको भए पनि बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणका लागि त्यसको कहिल्यै प्रयोग गरेको थिएन।

    सो प्रक्षेपणस्थललाई नष्ट पार्ने कार्य गत वर्ष थालिएको थियो। तर संयुक्त राज्य अमेरिकासँगको वार्ता अवरुद्ध भएपछि त्यो काम काम रोकियो।

    तीव्र गति
    त्यसलाई नष्ट पार्ने उत्तर कोरियाको प्रतिबद्धतालाई प्योङ्याङ र वाशिङ्टनबीच विश्वासको वातावरण बनाउने कदमका रूपमा हेरिएको थियो।

    यसैबीच अमेरिकाले निरस्त्रीकरणका लागि प्योङ्याङले कदमहरू नचाले उसले थप प्रतिबन्धहरूको सामना गर्नुपर्ने चेतावनी दिएको छ।

    कैयौँ अमेरिकी ‘थिङ्क ट्याङ्क’ र दक्षिण कोरियाली गुप्तचर निकायहरूबाट प्राप्त भू–उपग्रहीय प्रमाणका अनुसार डोङ्चाङ–नीस्थित सुरहेमा रकेट प्रक्षेपणका लागि प्रयोग हुने प्याडमाथि संरचनाहरूको विकास तीव्र गतिमा भइरहेको छ।

    गत जुलाईमा सार्वजनिक तस्बिरहरूमा चाहिँ उत्तर कोरियाले उक्त प्रक्षेपणस्थललाई नष्ट गर्न लागेको देखिएको थियो।

    सन् २०१२ देखि सुरहे उत्तर कोरियाको भू(उपग्रह प्रक्षेपण गर्ने प्रमुख स्थलका रूपमा रहिआएको छ।

    अमेरिकासम्म पुग्न सक्ने क्षमता भएको क्षेप्यास्त्रका इन्जिनहरूको परीक्षणका लागि पनि उक्त स्थलको प्रयोग गरिएको थियो।

    तर उत्तेजक कदम ठानिने बलिस्टिक क्षेप्यास्त्रको परीक्षणका लागि चाहिँ त्यसको कहिल्यै प्रयोग गरिएको छैन।

    वास्तवमा यो हेर्नलायक कुरा छ र पुनर्निमाणको कामले चेतावनीको सङ्केत गर्छ।

    कतिपय विश्लेषकहरूको विश्वास के छ भने यो चरणमा किम जङ–अनले डोनल्ड ट्रम्पको धैर्यको सीमाको परीक्षा लिएको हुन सक्छ न कि बलिस्टिक क्षेप्यास्त्र परीक्षणको तयारी ।

    यदि उत्तर कोरिया रकेट परीक्षण स्ट्यान्डको निर्माणभन्दा अझ अगाडि बढ्यो र क्षेप्यास्त्र परीक्षण रोक्ने प्रतिबद्धता उसले तोड्यो भने अमेरिकी राष्ट्रपतिको अकल्पनीय आक्रोशको जोखिम निम्तिन सक्छ।

    थप प्रतिबन्धको चेतावनी
    भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भएको दोस्रो शिखरवार्ता कुनै सम्झौता वा सहमति नभई गत हप्ता टुङ्गिएको थियो।

    गत जुनमा सिङ्गापुरमा सम्पन्न ऐतिहासिक भेटमा उनीहरूबीच अस्पष्टताले भरिएका सहमतिहरू भएका थिए।

    केही प्रतिबन्ध खुकुलो पार्ने सुनिश्चितता गर्नुअघि निरस्त्रीकरणको दिशामा उत्तर कोरियाले कतिसम्म प्रगति गर्नुपर्छ भन्ने विषयमा सहमति गर्न दुई नेता विफल भएका थिए।

    मङ्गलवार एउटा टेलिभिजन अन्तर्वार्तामा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले उत्तर कोरियाले थप प्रतिबन्धको सामना गर्नुपर्ने हुन सक्ने बताए।

    उनले भने, परमाणुअस्त्र कार्यक्रम र त्यससँग सम्बन्धित सबै कुरा त्याग्ने विषयमा प्योङ्याङ कत्तिको प्रतिबद्ध छ भन्ने कुरा वाशिङ्टनले हेरिरहनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij