आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जम्मू बम विष्फोटमा हिजबुलको हात रहेको दावी, शंकास्पद आक्रमणकारी पक्राउ

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २३, २०७५



  • एजेन्सी । भारत प्रशासित जम्मूमा बिहीबार भएको बम विष्फोटमा कश्मीरको पृथकतावादी संगठन हिजबुल मुजाहीद्दिनको हात रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

    जम्मूको एक बस पार्कमा बिहीबार बम विष्फोट गराइएको थियो । सो घटनामा एकजना सर्वसाधरणको मृत्यु भएकोसमेत बताइएको छ ।

    जम्मू कश्मीर प्रहरीले यो आक्रमणमा हिजबुल मुजाहीद्दिनको हात रहेको बताएको छ । ग्रेनेड फाल्ने चरमपन्थी पक्राउ परेकोसमेत प्रहरीले जनाएको छ ।

    पक्राउ परेका व्यक्तिको नाम आसिर जावेद भट्ट हो । एक प्रत्यक्षदर्शीले भने, जुन समय विष्फोट भयो, मलाई लाग्यो टायर फुट्यो । यो निकै ठूलो विष्फोट थियो ।’

    जम्मू कश्मीर प्रहरीका आईजीपी एमके सिन्हाले ग्रेनेड बसको तल खसेको बताए । उनले यो ग्रेनेड आक्रमण स्टेट ट्रान्सपोर्ट कर्पोेरेशन (एसआरटीसी) को बसमा भएको बताए ।

    विष्फोटमा परी बस पूर्ण क्षतिग्रस्त भएको छ । बसका ड्राइभर र सहयोगी घाइते भएका छन् । मे २०१८ देखि हालसम्म बस पार्कमा भएको यो तेस्रो आक्रमण हो ।

    प्रहरीकाअनुसार आक्रमणकारीको पहिचानका लागि सीसीटीभी फूटेज जाँच गरिँदैछ । जहाँ विष्फोट भयो सो जम्मूको एक व्यस्थ बस पार्क हो ।

    बिहीबार बिहानै सर्च अप्रेशनमा हंदवाडामा एक आतंकवादीको दोहोरो भीडन्तमा मृत्यु भएकोसमेत प्रहरीले दावी गरेको छ । हंदवाडा र कुपवाडामा इन्टरनेट बन्द गरिएको छ ।

    यो क्षेत्रमा मंगलबार पनि सुरक्षाकर्मी र कतिथ आतंकवादीबीच भीडन्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सो भीडन्तमा दुईजना आतंकवादी मारिएको प्रहरीले दावी गरेको छ । यी दुबै हिजबल मुजाहीद्दिन संगठनका सदस्य रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij