आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उम्मेदवार छान्न नपाउने चुनावमा कसलाई मतदान गर्छन् उत्तर कोरियाली जनता?

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २६, २०७५



  • प्योङयाङ (बीबीसी) । उत्तर कोरियालीहरू देशको संसदीय मतदानमा सहभागी भइरहेका छन् । यो किम जङ–अनले सत्ता सम्हालेपछि भएको यस्तो प्रकारको दोस्रो चुनाव हो ।

    सुप्रिम पिपल्स् असेम्ब्ली (एसपीए) भनिने सर्वोच्च जनसभामा सदस्यहरूले अनिवार्य रूपमा मतदान गर्नुपर्छ । तर मतदाताहरूले उम्मेदवार छान्न पाउँदैनन् । कुनै पनि प्रकारको विरोध सह्य हुँदैन । मतदानमा प्रायशः करिब १०० प्रतिशत मतदाता सहभागी हुन्छन् र सबैले सत्तारुढ गठबन्धनलाई सर्वसम्मत रूपमा समर्थन गर्दछन् ।

    उत्तर कोरिया किम परिवारको वंशले शासन गरेको एक्लो देश हो। त्यहाँका नागरिकहरूलाई किम परिवार र वर्तमान नेताप्रति भक्तिभाव देखाउन बाध्य तुल्याइन्छ । चुनावको दिन १७ वर्ष उमेर पुगेका र त्योभन्दा माथि उमेरका सबै नागरिकलाई मतदान गर्न आह्वान गरिन्छ ।

    “सत्ता र सरकारप्रतिको बफादारी देखाउन मतदाताहरू बिहान सबेरै मतदान केन्द्रमा जाने गर्दछन् । त्यसको कारण के हो भने मतदाताहरूको लाइन लामो हुने गर्दछ,’ दक्षिण कोरियाको सोलस्थित उत्तर कोरिया विश्लेषक फ्योडोर टेर्टिस्की भन्छन् ।

    आफ्नो पालो आएपछि मतदाताले मतपत्र पाउँछन् र त्यसमा एउटा मात्र नाम हुने गर्दछ । त्यहाँ मत चिह्न लगाउने कुनै स्थान हुँदैन । टिक लगाउने कुनै कोष्ठ पनि हुँदैन । त्यसपछि त्यो मतपत्रलाई मतपेटिकामा हालिन्छ जुन सबैले देख्ने ठाउँमा राखिएको हुन्छ ।

    मतदान स्थलमा गोप्य मतदान गर्ने व्यवस्था पनि हुन्छ, तर विश्लेषकहरू भन्छन्, गोप्य मतदान गर्दा मानिसहरू तुरुन्तै शङ्कालु बनिहाल्छन् । त्यसो गर्ने अधिकार मतदाताहरूसँग हुन्छ । तर टेर्टिस्की भन्छन्, त्यसो गर्ने बित्तिकै प्रहरी गुप्तचरले समातेर मतदातालाई पागल भन्न सक्ने सम्भावना हुन्छ ।

    मतदानस्थल छोडेपछि मतदाताहरूलाई देशको नयाँ नेतृत्व चयनको लागि मतदान गर्न सफल भएको भन्दै बाहिर उपस्थित भिडले मतदातालाई स्वागत गर्दै बधाई दिने गर्दछ ।

    “सरकारी सञ्चारमाध्यमले चुनावलाई उत्सव जस्तै गरी प्रस्तुत गर्ने गर्छन्,’ उत्तर कोरियाबारेको समाचार सम्प्रेषण गर्ने एनके न्यूजकी विश्लेषक भन्छिन् ।

    निर्वाचन अनिवार्य हुने हुनाले त्यस्को परिणामबाट अधिकारीहरूले जनगणनाका बेला सङ्कलन गरिने जस्तै तथ्याङ्क पनि बटुल्ने गर्दछन् । यही बेला अधिकारीहरूले यदि कोही भागेर चीन गएको छ कि छैन भनेर पनि थाहा पाउने गर्दछन् ।

    सुप्रिम पिपल्स् असेम्ब्ली (एसपीए) भनिने सर्वोच्च जनसभाको चुनाव प्रत्येक पाँच वर्षमा हुने गर्दछ । तर त्यो सँग कुनै शक्ति हुँदैन । टेर्टिस्कीको भनाइमा “सर्वोच्च जनसभाको अधिकार शून्य जस्तै हुन्छ ।’

    उत्तर कोरियाको कानुन पार्टीको संयन्त्रले बनाउने गर्दछ । एसपीएले चाहिँ तिनलाई पारित गर्ने औपचारिक भूमिका मात्र निभाउँछन् ।

    उत्तर कोरियामा एक मात्र दल छ भनी ठान्नु गलत हो । वास्तवमा त्यहाँको संसद्मा तीनवटा समूह रहेका छन् । किम जङ अन नेतृत्वको वर्कर्स पार्टी सबैभन्दा ठूलो दल हो । तर केही सिट सोसल डिमोक्रयाटिक पार्टी र चान्दोइस्ट जोङ्गु पार्टीलाई पनि छुट्याइएको हुन्छ ।

    व्यवहारमा चाहिँ ती तीन दलबीच केही फरक हुँदैन । उनीहरूलाई सँगै मिलाएर कोरियाली एकीकरणका लागि डिमोक्र्याटिक फ्रन्ट भनिने अर्को मोर्चा बनाइएको छ । मतपरिणामको प्रतीक्षा व्यग्र हुने गर्दछ । तर त्यसको लागि केही दिन लाग्छ ।

    पहिला कति मतदाता सहभागी भए भनेर हिसाब निकालिन्छ । सन् २०१४मा ९९.९७ प्रतिशत मतदाता संसदीय चुनावमा सहभागी भएका थिए । केहीले बिरामी वा अशक्तताका कारण मत दिन नपाएका हुन सक्छन् ।

    तर उत्तर कोरियामा के भन्ने गरिन्छ भने चुनावको दिन कोही पनि बिरामी हुँदैन र कसैको मृत्यु पनि हुँदैन । अर्को चरणमा नेता किमको चुनाव क्षेत्रको परिणाम सार्वजनिक गरिन्छ । त्यसक्रममा उनलाई प्राप्त समर्थन र मतदाता सहभागिता सार्वजनिक गरिन्छ।

    सामान्यतया त्यो १०० प्रतिशत हुने गर्दछ । अन्त्यमा अन्य निर्वाचन क्षेत्रको परिणाम घोषणा गरिन्छ । मतदाता सहभागिता थोरै तलमाथि हुने नै भयो । तर परिणाम उस्तै हुन्छ यदि पहिलेका चुनावको परिणामलाई आधार मान्ने हो भने राजनीतिक समर्थन १०० प्रतिशत हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij