प्रकाशित मिति : सोमवार, चैत्र १८, २०७५
काठमाडौँ । तीन महिनाअघि विवाह गरेका प्रियंका चोपडा र निक जोनासको जोडीको डिभोर्सको हल्ला चलिरहेको बेला प्रियंका चोपडाले ‘जोनास’ परिवासँगको फोटो सामाजिक संजालमा पोष्ट गरेका छन् । प्रियंकाले जोनास ब्रदर्स शोमा पहिलो अनुभव भन्दै जोनास ब्रदर्ससँगको फोटो राखेर ह्यासट्याग फ्यामिली तथा लभको साइन राखेकी छिन् । त्यस्तै, शोमा प्रियंकाले जोनाससँग अंकमाल गरेर निधारनजिक किस गरेको भिडियो सार्वजनिक भएको छ ।
अमेरिकी एक म्यागाजिनका उनीहरुको सम्बन्धमा दरार आएकोले उनीहरु डिभोर्स गर्ने तयारीमा रहेको उल्लेख गरेको छ । ओके म्यागाजिनले अप्रिल अंकको कभर स्टोरीमा उनीहरुको डिभोर्सको खुलासा गरेको हो । प्रियंकाले जोनासलाई नियन्त्रणमा राख्न खोजेको तथा उनी रिसाहा भएकाले सम्बन्ध बिग्रँदै गएको कुरा उल्लेख छ । तर, प्रियंकाको परिवारले भने उक्त म्यागाजिनको समाचारलाई हावादारी भनेको छ । प्रियंकाले ११७ दिन अघि आफूभन्दा दस वर्ष कान्छा अमेरिकी गायक जोनाससँग क्रिस्चियन र हिन्दू परम्पराअनुसार विवाह गरेकी थिइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij