प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०७५
नयाँ दिल्ली (एजेन्सी) । भारतमा लोकसभाको निर्वाचनको मतदान मिति नजिकिँदै जाँदा उम्मेदवारहरुले उम्मेदरावरी दर्ता पनि शुरु गरेका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहले केही दिन पहिला गुजरात राज्यको गान्धीनगर सिटबाट उम्मेदवारी दर्ता गरिसकेका छन् भने बिहीबार प्रमुख विपक्षी दल काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले दक्षिण भारतको वायनाडबाट उम्मेदवारी दर्ता गराएका छन् ।
केरल राज्यको वायनावाडामा राहुलले उम्मेदवारी दर्ता गराउँदा उनकी बहिनी काँग्रेस महासचिब प्रियंका गान्धी बाड्रा पनि साथमा थिइन् । सो अवसरमा प्रियंकाले आफ्नो आँखामा राहुल सबैभन्दा साहसी रहेको बताए । उनले वायनाडका जनतासँग राहुलको ख्याल राख्नसमेत अपील गरिन् ।
वायनाडमा २३ अप्रिलमा मतदान हुनेछ । यहाँ भाजापा नेतृत्वको गठबन्धन एनडिएबाट तषार वेलापल्ली उम्मेदवार बनेका छन् । राहुल पहिलो पटक दुई स्थानबाट चुनाव लड्दैछन् । उनी उत्तरप्रदेशको परम्परागत सिट अमेठीबाट पनि चुनाव लड्नेछन् ।
राहुलले भने, ‘जुन ढंगबाट नरेन्द्र मोदी सरकार र आराएसएसले काम गरिरहेको छ, त्यसबाट कैयौं मासिहरुलाई आफ्नो संस्कृतिमाथि आक्रमण भएको अनुभव भएको छ । यसै कारण मैले अमेठी र वायनाडबाट पनि चुनाव लड्ने निर्णय गरेँ । हाल मोदी सरकारमा अलग अलग प्रान्त धर्मका मानिसहरुको संस्कृतिमाथि आक्रमण भइरहेको छ । भारत एक देश हो, म यही सन्देश दिन यहाँ आएको हुँ ।’
राहुलले मोदी सरकार र आरएसएसले नागपुरमा बसेर देशको भाषा र संस्कृतिमा आक्रण गरिरहेको बताए । यहाँ पनि राहुलले मोदीमाथि कटाक्ष गर्दै चौकीदारले अनिल अम्बानीलाई ३० हजार करोड रुपैयाँ दिएका बताए । उनले वायनाडमा आफु चुनाव लडेकोमा सीपीएम दुःखी भए पनि विपक्षी सबै एक भएको भन्दै यो विषयमा धेरै नबोल्ने बताए ।
काँग्रेस नेता एके एन्टनीले राहुलले अमेठीका साथै वायनाडमा चुनाव लड्नुका धेरै कारणहरु रहेको बताए । एक त यो सिट सांस्कृतिक र भौगोलिक रुपमा निकै महत्वपूर्ण छ । अर्को कुरा यो सिटले कर्नाटक र तमिलनाडुको सीमालाई जोड्छ । यस्तो अवस्थामा राहुलले यहाँबाट चुनाव लड्नु पूरा दक्षिण भारतको प्रतिनिधित्व गर्नु जस्तै हुनेछ ।
भाजापा अध्यक्ष अमित शाहले काँग्रेस अध्यक्ष राहुल केरलको वायनाड टिमा चुनाव लड्न लागेकोमा कटाक्ष गरेका थिए । उनले भनेका थिए, ‘मैले वाट्सऐपमा पढेँकी राहुल अमेठी छोडेर केलर भागेका छन् । खासमा उनलाई केरल निक जानु परेको हो? हामी सबैलाई थाहा छ, राहुलले अमेठीबाट चुनाव लड्ने तय थियो । तर अब त्यहाँ गएर ध्रुवीकरणको राजनीतिबाट चुनाव जित्न चाहन्छन् ।’ राहुल उत्तर प्रदेशको अमेठी लोकसभा सिटबाट २००४ देखि लगतार तीन पटक चुनाव जितेका छन् । अमेठीबाट भाजपाले यो पटक पनि केन्द्रीय मन्त्री स्मृति ईरानीलाई उम्मेदवार बनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij