प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०७५
मुम्बई। श्वेता तिवारीकी १९ वर्षीया छोरी पलक तिवारी अब मनोरञ्जनको दुनियामा डेब्यू गर्ने भएकी छन्। उनी फिल्म वा टेलिभिजनबाट नभइ विज्ञापनको बजारमा प्रवेश गर्ने भएकी छन्। त्यसो त पलक चार वर्षकी हुँदा नै उनले व्यापारिक रुपमा काम गरेकी थिइन्। त्यो पनि उनका बुवा अभिनव कोहलीले निर्देशन गरेका थिए। यतिबेला पलकको अर्को विज्ञापनमा गरेको अभियन आउँदैछ।
छोरीको काम देखेर आमा श्वेता किनै प्रशन्न छिन्। उनले आफूलाई सामाजिक संजालमा आफू पलकको सफलताबाट खुशी भएको उल्लेख गरेकी छन्। श्वेताले लेखेकी छन्, पलकको अभिनय, क्षमता, भविष्य र प्रोजेक्ट थाहा पाउन उनका बुवा अभिनव कोहलीसँग भारतीय संचारमाध्यम भास्करले गरेको छ।
उनले आफ्नी छोरीको करियर सुरु भएको प्रति आफूलाई गर्व लागेको बताए। तर उनले आफू पलकले बोल्ड सिन गरेको भने मन नपराउने बताए।
पलकका बुवा अभिनवले भने, ‘पलकको पहिलो विज्ञापनलाई मैले नै निर्देशन गरेको थिएँ। मलाइ त्यो दिन अहिले पनि सम्झना छ उनीसँग फोटोशुट गरेको । मैले उनको सिनकालागि निकै लामो स्टल राखेको थिएँ। किनभने यो उसको पहिलो डेब्यू थियो। तर उसले चाँडै नै शुट गर्न सकिन्। उनीसँग राम्रो क्षमता छ।’
उनले आफू एक बुवा हुनुका नाताले छोरी मनोरञ्जनको दुनियामा प्रवेश गर्नुलाई सकारात्मक रुपमा लिएपनि बोल्ड सिनका सन्दर्भमा भने आफू सकारात्मक नरहेको जनाएका छन्। उनले आफूले छोरीको काममा बाधा उत्पन्न नगर्ने बताउँदै एक बुवाको रुपमा उनको बोल्ड सिन आफूले कहिल्यै पनि नहेर्ने बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij