प्रकाशित मिति : सोमवार, चैत्र २५, २०७५
मुम्बई। कपिल शर्मा शोको नयाँ एपिसोडमा जोन अब्राहम मौनी रोय आफ्नो फिल्म रोमियो, अकबर र वाल्टरको प्रोमोशनका लागि पुगेका थिए । यो एपिसोडमा नवजोत सिंह सिद्धूको ठाउँमा आएकी अर्चना पूरन सिंहले इशारा–इशारामा कम पारिश्रमिक पाएको पीडा व्यक्त गरिन् । कपिल शर्माले शोका पाहुना जोन र मौनी रोयलाई प्रश्न सोधिरहेका थिए ।
त्यसपछि कपिल शर्माले अर्चनालाई सोधे, ‘तपाईंले सुपरपावर पाउनुभयो भने के बन्न चाहनुहुन्छ ?’ यसको जवाफमा अर्चनाले भनिन्, ‘म नवजोत सिंह सिद्धू बन्न चाहन्छु ।’अर्चना थप्छिन्, ‘म पनि त्यहि काम गरिरहेकी छु जुन सिद्धूजी गर्नुहुन्छ तर मैले त्यति पारिश्रमिक पाउँदिनँ । नवजोत सिंह सिद्धू बनेपछि मैले बढी पारिश्रमिक त पाउँछु ।’
कपिल हालै स्टाइलिश अवार्ड २०१९ मा पुगेका थिए । सिद्धूको फिर्ताबारे कपिलले भनेका थिए, ‘नवजोत सिंह आउँदो चुनाव (लोकसभा चुनाव २०१९) मा व्यस्त हुनेछन् । चुनावसम्म उनको कार्यक्रममा फिर्तीबारे कुनै जानकारी छैन ।’ दैनिक भास्करले एउटा रिपोर्टमा अर्चनाले कार्यक्रमका निर्मातासँग २० एपिसोडको सम्झौता गरेको दाबी गरेको थियो । वास्तवमा कार्यक्रमका निर्माता सिद्धू विवाद शान्त हुनका लागि प्रतिक्षा गरिरहेका छन् । यद्यपि, उनको फिर्तीबारे अहिले कुनै आधिकारिक जानकारी उपलब्ध छैन ।
अर्चना पूरन सिंहले पुलवामा हमलापछि नवजोत सिंह सिद्धूको स्थान ओगटेकी थिइन् । पुलवामा हमलापछि सिद्धूले विवादित बयान दिएका थिए । उनले भनेका थिए, ‘आतंकवादको न कुनै धर्म हुन्छ न नै कुनै देश ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij