आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेद्वारा ब्रेक्जिट प्रक्रियालाई लम्ब्याउन मर्केलसँग आग्रह, म्याक्रोँसँग पनि भेट्ने

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २६, २०७५



  • बर्लिन । बेलायतकी प्रधानमन्त्री टरिजा मेले मङ्गलबार जर्मन चान्सलर एङ्गेला मर्केलसँग भेटी ब्रेक्जिट प्रक्रियालाई लम्ब्याउन मर्केलसँग आग्रह गरेकी छन् ।

    यसै हप्ताको अन्त्य इयूबाट बहिर्गमन गरिने यस पहिलेको कार्यक्रमलाई थप केही लम्ब्याएर विनासम्झौता बहिर्गमन हुने अवस्थालाई टार्न उनले यो आग्रह गरेकी हुन् । यसै बिषयमा उनले फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई पेरिसमा भेटी ब्रेक्जिटको समयलाई दोस्रो पटक लम्ब्याउन आग्रह गर्ने बताइएको छ ।

    प्रधानमन्त्री मे ले समयसीमा लम्ब्याउन यूरोपेली सबै नेताले सहमति जनाउनेमा पनि उनको विश्वास छ । बुधबारका लागि बोलाइएको आकस्मिक भेलामा बेलायतद्वारा बे्रक्जिट प्रक्रियालाई अप्रिल १२ बाट जुन ३० मा पुर्याउन प्रधानमन्त्री मेले गरेको आग्रहलाई इयू नेताहरूको बैठकबाट निर्णय लिनुपर्ने हुन्छ ।

    प्रधानमन्त्रीले ब्रेक्जिट प्रक्रियाका लागि यस अघि इयू नेताहरूसँग गरेको सम्झौता बेलायती संसदबाट पटक पटक अनुमोदन नभएपछि यसका लागि थप छलफल र निर्णय लिन समयको माग गरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij