आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीलङ्का आक्रमणको एक सातापछि अनुहार छोप्ने पहिरन प्रतिबन्ध

  • प्रकाशित मिति : सोमवार, बैशाख १६, २०७६



  • काठमाडौँ । अघिल्लो साताको आइतबार भएका श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाहरूमा कम्तीमा २ सय ५० जनाको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा सोमवारदेखि लागु हुनेगरि प्रतिबन्ध लगाएको छ। उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनहरूको उल्लेख गरिएको छैन।

    तर यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरू प्रति लक्षित रहेको देखिएको छ।अधिकारीहरूको निर्णय अनुसार अब कसैले पनि अनुहार नदेखिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउने छैनन्। श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपयाहरू अपनाइएको बताएका छन्।

    कस्ता पहिरनमा प्रतिबन्ध ?

    यो प्रतिबन्धलाई पनि उनको त्यस्तै आकस्मिक उपायका रूपमा अर्थ्याइएको छ। श्रीलङ्कामा रहेका बीबीसीका स्टीभ ज्याक्सनका अनुसार सोमवारबाट लागु हुने उक्त प्रतिबन्धले सबैखाले अनुहार ढाक्ने पहिरनलाई रोक लगाएको हो।

    उनी भन्छन्, “घोषणामा मुस्लिम महिलाहरूले लगाउने बुर्का वा ‘निकाब’बारे प्रस्ट उल्लेख छैन। तर यो उनीहरू प्रति नै लक्षित छ भन्ने स्पष्ट देखिन्छ।” श्रीलङ्कामा धेरै मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन लगाउँदैनन्।

    तर पछिल्ला वर्षहरूमा भने अनुहार ढाक्ने पहिरतप्रति आकर्षण बढेको बताइन्छ। श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाभन्दा अगाडि पनि श्रीलङ्कामा कतिपयले अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गर्दै आएका थिए।

    ती बम वस्फोटनहरूले यस्तो प्रतिबन्ध लगाउनु पर्ने माग अझ प्रबल बनेको थियो। श्रीलङ्कामा अघिल्लो साताको आइतबार ईसाईहरूको पर्व इस्टरका दिन चर्च र होटलहरूमा श्रृङ्खलाबद्ध आत्मघाति बम विस्फोटनहरू भएका थिए।

    ती घटनामा परि कम्तीमा २ सय ५० जनाको ज्यान गएको थियो। उक्त घटना त्यहाँको अतिवादी इस्लामिक समूह न्याशनल तौहिद जमातले गराएको श्रीलङ्कन सरकारको दाबी छ। घटनापछि उक्त समूहका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाइसकेको छ।

    संदिग्धका पिता र भाइ मारिए

    ती घटनाहरूका मुख्य संदिग्ध भनिएका जहरान हशिमका पिता र उनका दुई भाइ शुक्रवार भएको एउटा सुरक्षा कारबाहीमा मारिएको जनाइएको छ। प्रहरीका अनुसार जहरानकी आमाको पनि उक्त कारबाहीका क्रममा मृत्यु भएको छ।

    प्रहरीले श्रीलङ्काको पूर्वी शहर कट्टनकुडीस्थित उक्त समूहको मुख्यालयमा छापा मार्ने क्रममा मुख्य संदिग्धका आफन्तहरू मारिएको जनाएको छ। जहरानको भने आत्मघाती हमलाका क्रममा कोलम्बोको एउटा होटल मृत्यु भइसकेको बताइको छ।

    बम विस्फोटनहरू पछि देशभर प्रत्येक आइतवार चर्चहरूमा हुने प्रार्थनाहरू रद्द गरिएको थियो। यद्यपि बम हमलामा पूर्णरूपमा क्षतिग्रस्त एन्टोनी चर्चको बाहिरपट्टी आइतवार ठूलो सङ्ख्यामा मानिहरू भेला भएर प्रार्थना गरेका थिए।

    कसरी मारिए संदिग्धका आफन्त ?

    श्रीलङ्काको प्रहरीका अनुसार शुक्रवार हशिमको शहर कट्टनकुडीमा सुरक्षा फौजले कारबाही गरेको थियो। त्यसक्रममा उनको घरमा प्रहरी पुग्दा अचानक सुरक्षाकर्मीमाथि बन्दुकधारीले हमला गरे। तीनजनाले बमले आफैँलाई उडाएको प्रहरीको दाबी छ।

    त्यसक्रमममा ६ जना बालबालिका र एक महिला पनि मारिइन्। गोली हानाहानमा अन्य तीनजना पनि मारिए। प्रहरी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार मारिने तीनजनामा मोहम्मद हशिम र उनका दुई छोराहरू जैनी हशिम र रिल्वान हशिम छन्।

    तीनै जना सामाजिक सञ्जालमा अपलोड भएको एउटा भिडियोमा देखिएका छन्। त्यसमा उनीहरूले “अधर्मीहरूविरूद्ध” अन्तिम युद्धको आह्वान गरेको देखिएको रोयटर्सले जनाएको छ। बीबीसी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij