प्रकाशित मिति : मङ्लबार, बैशाख २४, २०७६
काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा बारुदी सुरुङ विस्फोटमा परी तीन बालबालिकाको मृत्यु हुनुका साथै अन्य दुई घाइते भएका छन्।
सरकारी स्रोतले सोमबार दिएको जानकारीअनुसार हेरात प्रान्तको गुलरान जिल्लाको चाह ए केहसानी गाउँका तालिबान लडाकू समूहले बारुदी सुरुङ विस्फोट गराएका हुन्।
यस घटनामा घाइते भएका बालबालिकालाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ। अफगानिस्तानमा जारी सशस्त्र द्वन्द्वमा परी सन् २०१८ मा ३ हजार ८०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७ हजार १८० व्यक्ति घाइते भएको अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ।
सन् २०१८ मा भएमा घटनामा ९२७ बालबालिकाको मृत्यु हुनुका साथै २ हजार १३५ बालबालिका घाइते भएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij